अखिलकाे दशाैं जिल्ला सम्मेलन आयाेजक कमिटी गठन

136110438_1095986064156789_4170949239728925686_n

कालिकास्थान, नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रसुवाकाे ०७७ पुस २५ गते काे भेलाले दशाैं जिल्ला सम्मेलन आयाेजक कमिटी गठन भएकाे घाेषणा भएकाे छ । विद्यार्थी नेता दिपक पाैडेले संयाेजक र अनुज थापा सह-संयाेजक रहेकाे ६९ सदस्य रहेकाे समिति घाेषणा भएकाे हाे । 136397105_394116864997471_4577870535180203954_n

कालिका हिमालय क्याम्पसमा भएकाे जिल्ला  भेलाबाट १६ सदस्य रहेकाे सचिवालय, ५ सदस्य रहेकाे कार्यालय टिम सहित ६९ सदस्य रहेकाे दशाैं जिल्ला सम्मेलन आयाेजक कमिटी गठन भएकाे केन्द्रीय नेता सुरेश अधिकारीले जानकारी दिए ।

 

कार्यालय सदस्यहरूमा सागर लामा, अन्जिता खतिवडा, कल्याण भट्ट, अजय लामा र  बिजय लामा रहेका छन् । अखिलका जिल्ला नेता सनथ देवकाेटाकाे अध्यक्षतामा भएकाे भेलामा युवा नेता सुमन भट्ट, केन्द्रीय नेता समिक बडाल, प्रदेश सभा सदस्य शान्ति थिङ, पार्टी केन्द्रय सदस्य अशाेक घिमिरेलगायत जिल्ला नेताहरू, जनप्रतिनिधीहरू, अखिलका पूर्व पदाधिकारीहरू सहभागी थिए ।

 

 

135694979_154997322828051_8438981606094818867_n

136098716_729201917717815_6718581642538650131_n

पाँचवटै गाउँपालिकाबाट सहभागी भइ गठन भएकाे कमिटीका पदाधिकारी र सदस्यहरूलाइ सपथ ग्रहण गराएकाे र अब चाँढै सवै मावि तहमा कमिटीहरू पुन: गठन गरी अब गुट र फुटमा नअल्मलिइकन अखिलकाे दशाैं जिल्ला सम्मेलन सम्पन्न गरिने दशाैं जिल्ला सम्मेलन आयाेजक कमिटी संयाेजक दिपक पाैडेलले बताए ।

135586967_439397394097892_7345329147288058928_n

Comments

comments