रसुवा, अत्याधिक रक्तश्राव भएकी एक महिलाको रसुवाको गत्लाङवाछ हेलिकप्टरमार्फत स्वास्थ्य उद्धार गरिएको छ । हेलिकप्टरबाट आमाछोदिङमो गाउँपालिका ३ गत्लाङकी २१ वर्षिय मुना तामाङको स्वास्थ्य उद्वार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत गाउँपालिकासँग समन्वय गरी हेलिकप्टरमार्फत काठमाडौ पठाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीको भनाई छ । सत्केरी व्यथाले च्यापेको २४ घण्टाभित्रसम्म पनि उच्च रक्तश्राप भई अवस्था गम्भीर भएपछि सडकको स्थिति खराब भएका कारण सडकबाट अस्पताल लैजान सक्ने अवस्था नभएपछि तत्कालै हेलिकप्टरमार्फत थापथलिस्थित प्रशुतिगृह काठमाडौं पठाइएको जैसीले जानकारी दिए । आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमा तामाङले समयमा सम्पर्क गरेर सुत्केरीकाे उद्दार गरिएकाे बताए ।
सुत्केरीका पिता केरसिंह तामाङका अनसार अस्पताल पुर्याए लगत्तै शल्यक्रिया गरेर हेर्दा बच्चाको पेटमै मृत्य भइसकेको पुष्टि भयो । उनले भने ‘अलि ढिला भएको भए सत्केरीको समेत ज्यान जाने रहेछ, हाल छोरीको स्वास्थ्य सामान्य रहेको छ ।’
Related Posts
- काेराेना संक्रमण बढ्दै
- जेष्ठ नागरिकलाइ न्यानाे कपडा र निःशुल्क स्वास्थ्य परीक्षण
- विद्यालयलाई पाठ्यपुस्तक, मास्क तथा स्यानिटाइजर हस्तान्तरण
- काेभिड राहत बितरण- खाद्यान्न सहयोगबाट दलित बस्तीमा खुसी
- फेकाेफाेनद्धारा उत्तरगया गाउँपालिकामा स्वास्थ्य सुरक्षा सामग्री प्रदान
- नि:शुल्क आँखा शिविरबाट ६८ जनाकाे आँखा जाँच तथा औषधि उपचार