अनुदानकाे इन्धन सबै नेपाल भित्रियो

IMG_6443

धुन्चे,रसुवा

सरकारले अनुदानमा दिएको सबै पेट्रोलियम पदार्थ बुधबार साँझसम्ममा केरुङ नाका हुँदै नेपाल भित्रिसकेको छ । बुधबार नेपाल आयल निगमले ३५ वटा ट्यांकरबाट ३ लाख २२ हजार लिटर पेट्रोल सीमा टिमुरेमा ल्याएको छ ।

भन्सार जाँचपास गरी तिर्नुपर्ने बाँकी ५ लाख ४५ हजार रकमसमेत दिइसकेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
‘पहिला ३ करोड ६४ लाख रुपैया राजश्व बुझाएकोमा बाँकी ५ लाख ४५ हजार रुपैयाँ निगमले बुझायो,’ भन्सार प्रमुख पनेरुले भने । चीनले अनुदानमा एक हजार मेट्रिकटन पेट्रोलियम पदार्थ दिने घोषणा बमोजिम निगमले ती ट्यांकर चीनको केरुङ भन्दा ४ किलोमिटर माथि पुगेर इन्धन भरी नेपाल आएका थिए ।

बिहीबारसम्ममा सबै पेट्रोलियम पदार्थ काठमाडौस्थित थानकोट डिपोमा जम्माभईसक्ने निगमले जनाएको छ । चीनले अनुदानमा दिएको पेट्रोलियम पदार्थ युरो स्ट्यान्डर चार रहेको आयल निगमले जनाएको छ ।

सडक साँघुरो र कच्ची भए पनि १२ हजार लिटर क्षमता भएका नेपाली ट्याङकरले कुनैमा ७ देखि ९ हजार लिटरका दरले पेट्रोल ढुवानी गरेका थिए । मंगलबार पेट्रोल लिन ३५ ट्यांकर केरुङका लागि रसुवागढी नाका पारि चीनको रेसुओ पोर्टबाट केरुङ गएका थिए ।

Comments

comments