अनुदानको पेट्रोलियम पदार्थ आउँदै

धुन्चे, रसुवा
नेपाललाई चीन सरकारले दिएको अनुदानको पेट्रोलियम पदार्थ लिन गएका तीस वटा ट्याङकरहरू मध्ये आज सात वटा ट्याङकरले फर्केका छन् ।

IMG_6443रसुवागढी भंन्सार कार्यालयका अनुसार सात वटा ट्याङकरहरूले छ सय सठ्ठी दशमलब छ केल अथवा छयसठ्ठी हजार लिटर पेट्रोल आज दिउसो केरुङबाट रसुवागढि आएकोमा आज बेलुका काठमाण्डौ लागेको बताएको छ । रसुवागढी भंन्सार कार्यालयका अधिकृत श्याम बस्नेतका अनुसार आज दिउसो सम्म चीनले नेपाललाई दिएको अनुदानको तेह्रलाख पेट्रोल मध्ये चार लाख सात हजार लिटर पेट्रोल नेपाल भित्रिएकोे बताउनुभयो । बाकी तेईस वटा ट्याङकरहरूले आज तेल भरी केरुङबाट फर्कने बताईएको छ ।

Comments

comments