अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला हुने

art

बिदुर, नुवाकोट। नुवाकोटमा अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला हुने भएको छ। खीर साहित्य, भजन बालन उत्सव आयोजना गरेर नुवाकोटको बौद्विक बृतमा चर्चामा रहेको बसिबियाँलो नुवाकोटले सो कार्यशाला आयोजना गर्न लागेको हो।

सो अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा स्लोभेनियाका जोजिका जोर्को, काजा लुकाक,बोजका लुकाक, स्लोभेनिया बस्ने नेपाली बिरमान श्रेष्ठ र नेपालका चर्चित चित्रकारहरु एन बी गुरुंग, डि राम पाल्पाली,लालकाजी लामा,केशबराज खनाल,भीम श्रेष्ठ,जनकैलाश श्रेष्ठ र स्थानीय चित्रकारहरु शशि डंगोल, चीजकुमार केसी, शैलेश शाही, राजेश मानन्धर, धर्म तिमिल्सेनालगायतको सहभागिता रहने बसिबियाँलो अभियन्ता हरिकृष्ण श्रेष्ठले बताउँनु भयो। देशी, बिदेशी र स्थानीय चित्रकारहरूलाई माघ २१ गते बिदुरमा स्वागत गर्दै कार्यशाला माथि प्रकाश पारिनेछ। भने सोही दिन नुवाकोटको पर्यटकीय सम्भावना बोकेका स्थलहरूको अबलोकन, भ्रमण गरिनेछ ।

माघ२२ र २३ गते ‘अन द स्पोट’ चित्र कोरिनेछ। र माघ २४ गते कार्यशालामा तयार गरेका चित्रहरूको बिदुरमा प्रदर्शनी हुनेछ। सो कार्यशालामा तयार चित्रहरू काठमाण्डौ र स्लोभेनियामा पनि प्रदर्शनी हुने अर्का अभियन्ता क्षितिज थापा मगरले बताउँनु भयो। सो कार्यशालाले नुवाकोटको पर्यटनमा सकारात्मक प्रभाव पार्ने आयोजकहरूको अपेक्षा रहेको छ।

Comments

comments