अन्तर विभाग फुटसल प्रतियोगिता सम्पन्न

48x96 pic

त्रिभूवन विश्वविद्धालय अर्थशास्त्र विद्यार्थी समाज (ECOSS) र अर्थशास्त्र केन्द्रीय विभाग(CEDECON)को संयुत आयोजित तथा नेपाल बैंक लिमटेडद्धारा मुख्य प्रायोजित अन्तर विभागीय फुटसल प्रीयोगिता २०७६ आज सम्पन्न भएको छ।

२४ वटा टिम सहभागि रहेको उक्त  प्रतियोगिता CSIT बिभागले उपाधि जित्न सफल भएको छ। फाइनल खेल Education बिभाग र CSIT बिभागबीच भएको थियो। सो खेलमा CSIT विभागले शिक्षा विभागलाई १ गोलका विरुद्ध ९ गोल प्रहार गर्दै प्रतियोगिता कै फराकिलो गोल अन्तरका साथ उपाधि जित्न सफल भएको हो।

अर्थशास्त्र विद्यार्थी समाज (ECOSS)का अध्यक्ष प्रकाश नेपालको सभाध्यक्षता, त्रिभूवन विश्वविद्धालय अर्थशास्त्र केन्द्रीय विभाग (CEDECON) प्रमुख प्राध्यापक डाक्टर कुशुम शाक्यको प्रमुख आतिथ्यता, नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयका योजना शाखा प्रमुख लेखनाथ भूसालको बिशेष आतिथ्यतामा प्रतियोगिताको समापन सभा सम्पन्न भएको आयोजक कमिटीका सदस्य तिलकसिंह महाराले जानकारी दिनुभयो । उक्त सभामा बोल्दै नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयका योजना शाखा प्रमुख लेखनाथ भूसालले देशको समग्र आर्थिक विकासका लागि ब्यक्तिगत विकास अपरिहार्य रहेको र ब्यक्तिगत विकासको लागि शैक्षिक सँगसँगै खेलकुदलगायतका अन्य सामाजिक र सहभागिता मुलक कार्यक्रमहरू सम्पन्न हुन आवश्यक भएको र त्यस्ता कार्यक्रमहरू सम्पन्न गराउन आफू सधै सहयोग गर्न तत्पर रहेको कुरा व्यक्त गर्नुभएकाे थियाे ।

आयोजक कमिटीका सदस्य महाराले जानकारी दिनुभयो । उक्त कार्यक्रममा ग्लोबल आइएमइ बैंक किर्तिपुर शाखाका प्रमुख , नेपाल बैंक लिमिटेड किर्तिपुर शाखाका प्रमुखलगायत त्रिभूवन विश्वविद्धालयका विभिन्न केन्द्रीय बिभागका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

Comments

comments