अपाङगता भएका व्यक्तिहरुको पहिचानका लागि सहि तथ्याङ्क लिन अनुराेध

press met

१२ औ राष्ट्रिय जनगणना २०७८ मा अपाङगता भएका व्यक्तिहरुको सहि पहिचान सहित सहि तथ्याङ्क ल्याउन राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अनुराेध गरेकाे छ । अपाङगता भएका व्यक्तिहरुको पहिचानका लागि सहि तथ्याङ्क लिन अनुराेध गरेकाे हाे ।

अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार संरक्षण र प्रवर्धनका लागि वि स २०५० सालदेखि निरन्तर कृयाशिल अपाङ्गता भएका व्यक्तिहरूको एक मात्र राष्ट्रिय स्तरको छाता संस्था हो। यस महासंघको संरचनामा संघिय समिति र सातै प्रदेश समिति रहेका छन् भने ३ सय ३१ वटा भन्दा बढी सदस्य संस्थाहरू रहेकाे महासंघले एक प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले विगत १ वर्षदेखि राष्ट्रिय जनगणनाको २०७८मा सवै प्रकारका अपाङ्गता भएको व्यक्तिहरुको सहि गणना सहि तथ्यांक ल्याउनको लागि संघ प्रदेश स्थानीय तहसम्म निरन्तर पैरवी गर्दै आएको छ सगै विभिन्न सुचना मुलक सामग्रीको निर्माण गरी बागमती प्रदेश भरि नै प्रचार प्रसार गर्दै आएको छ जानकारी गराएकाे थियाे ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले  ०७८ कात्तिक २५ गते विहिवार एक जुम छलफल गरी एक प्रेस विज्ञप्ति जारी  गरी
नेपालमा वि स १९६८ देखि राष्ट्रिय जनगणना हुन थालेको भएता पनि अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क लिन विक्रमसम्वत् २०५८ देखि मात्र सुरु भएको हो ।गत १० वर्ष अगाडि भएको जनगणनामा देश भर जम्मा ५,३१,३१३ जना मात्र अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्याङ्क उपलब्ध भयो। तर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन, अनुसन्धान तथा विवरणले हाम्रो जस्तो विकासोन्मुख देशमा १० देखि १५ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू हुने अनुमान गरेको छ भने माथिको तथ्थाङ्कको आधारमा हेर्ने हो भने नेपालमा अपाङ्गता भएको व्यक्तिहरु २०५८ मा धेरै नै छुटिएको देखिन्छ। त्यस कारण राज्यले अवलम्बन गर्ने कुनै पनि नीति, योजना तथा कार्यक्रममा लक्षित वर्ग वा नीति कार्यक्रमले समेट्ने समुदायको जनसंख्या कति छ, हाल सम्म अपाङ्गता भएका व्यक्तिहरू प्रति राज्यले गरेको लगानी अनुमानको भरमा आवश्यकताको पहिचान नगरी अनुत्पादक रूपमा खेर गएको अवस्था छ.उल्लेख ।

नेपालमा हामीले गहन तरिकाले विश्लेषण गर्ने हो भने नीतिगत तहमा प्रभाव पार्न सक्ने गरी कुनै पनि ठाउँमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता हुन सकेको छैन । यसको मूल कारण अपाङ्गता भएका व्यक्तिहरूको यकिन तथ्याङ्क नहुनु नै हो ।

राज्यले बनाउने हरेक योजना तर्जुमा र नीति नियमलाई अपाङ्गता मैत्री बनाउनको निम्ति अपाङ्गता भएका व्यक्तिहरु सहि पहिचान सहि तथ्याङ आवश्यकता पर्ने भएको हुनाले आजवाट सुरू भएकहुदै गरिएको (९कात्तिक २५ देखि मंसिर ९ गतेमा हुने०) १२ औ राष्ट्रिय जनगणना २०७८ मा अपाङगता भएका व्यक्तिहरुको सहि पहिचान सहित सहि तथ्याङ्क ल्याउनको लागि सम्पुर्ण सरकारी तथा गैरसरकारी संघ (संस्थाहरु, नागरिक समाज ,संचारकर्मीह अपाङ्गता भएका व्यक्तिहरु विशेष गरी सुपरवेक्षक गणक ज्युहरुले अहम भुमिका निभाई सवै प्रकारका अपाङगता भएको व्यक्तिको सहि तथ्याङ्क ल्याउनको लागि सहयोग गरिदिनु राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश हार्दिक अपिल सहित यस प्रेश विज्ञाप्ती जारी गर्दछ् ।

Comments

comments