अप्पर हेवा खोला हाइड्रो पावर कम्पनी IPO निष्कासन हुने

cropped-langtang-center3.png

अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीले असार २४ गतेदेखि १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा सञ्चालित ८.५ मेगावाटको माथिल्लो हेवा खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्टयाएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

 १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर निष्कासनको तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये ३० हजार कित्ता अर्थात २ प्रतिशत सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । ७५ हजार कित्ता अर्थात ५ प्रतिशत सेयर सामुहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । र बाँकी रहेको १३ लाख ९५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

सर्वसाधारणले छिटोमा असार २८ गतेसम्म र ढिलोमा सायन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि  अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछ । कम्पनीे सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएका छ भने आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको जलविद्युत आयोजनाले गत २०७८ चैतदेखि व्यापारीक उत्पादन सुरु गरेको हो । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७६ असारदेखि नै उत्पादन सुरु गर्नुपर्ने थियाे  तर, आयोजनाको विद्युत प्रवाह हुने २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको निर्माण पूरा हुन समय लागेकाले ढिलो गरी काम सुरु गर्दा धकेलिएको कम्पनीले जनाएको छ । आयोजनाको विद्युत कोसि कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिएको छ । सबस्टेसम्मको आवश्यक १०.४ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

Comments

comments