अबको क्रान्तिकारी पार्टी र नेतृत्व कस्तो बनाउने ?

Indra Gautam

इन्द्र गौतम जगतजंग

भत्कदै गरेको एक ध्रुविय विश्व व्यवस्था टिकाउन सामरिक ढंगबाट आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र विज्ञानको उपयोग गरी विश्व कब्जा गर्ने अमेरिकी रणनीति नै साम्राज्यवादी रणनीति हो । विश्वमा जति पनि युद्ध र तनावहरु (सिरिया, रुवाण्डा, रुमानिया लगायत इरानसम्म)मा देखिएको उच्च प्रविधिको प्रयोग तर छापामार अमक्रमणको सैलिले अमेरिकी साम्राज्यवादको आतंकित मनस्थितिलाई उजागर गरेको छ । माक्र्सवादी सर्वहारा वर्गीेय विचार र आन्दोलन साम्राज्यवादको विकल्प हो । युद्ध, युद्ध र फेरि युद्धद्वारा युद्ध जारी राख्ने रणनीति साम्राज्यवादी रणनिती हो । क्रान्ति, क्रान्ति र फेरि क्रान्तिको माध्यमद्वारा युद्धको अन्त्य गर्ने रणनिती सर्बहारा क्रान्तिको रणनिती हो । आजको युग विज्ञान, प्रविधि, सुचना, संचारको क्षेत्रमा भएको गुणात्मक विकासले डिजीटल विज्ञानमा रुपान्तरण भएको छ ।

आज विश्व एउटा गाउँ तथा कम्प्युटर र मोवाइलको चिप्समा परीणत भएको छ । जसले विचार, राजनिती, सामाजिक, सांस्कृतिक र सामरीक क्षेत्रमा अत्यन्तै ठूलो प्रभाव पारेको छ । आज वर्गहरुको अवस्था र स्थितिमा व्यापक परिवर्तन भएको छ । विश्वमा धनि र गरीवको खाडल फराकीलो भएको छ । स्वीट्जरल्यण्डमा भएको विश्व आर्थिक मञ्चको वार्षीक सम्मेलनमा अन्तराष्ट्रीय परोपकारी संस्था अक्सफामले सन २०१९ मा गरेको ‘टाइम टू केयर’ रिर्पोटको तथ्यांक अनुसार विश्वको ४ अर्व ६० करोड जनतासँग भन्दा २ हजार १५३ जना व्यक्तिसँग वढी सम्पती रहेको छ भने विश्वभरका महिलाहरुले दैनिक १२ अर्व ५० करोड घण्टा विना ज्याला काम गर्न वाध्य छन ।

भत्कदै गरेको एक ध्रुविय विश्व व्यवस्था टिकाउन सामरिक ढंगबाट आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र विज्ञानको उपयोग गरी विश्व कब्जा गर्ने अमेरिकी रणनीति नै साम्राज्यवादी रणनीति हो । विश्वमा जति पनि युद्ध र तनावहरु (सिरिया, रुवाण्डा, रुमानिया लगायत इरानसम्म)मा देखिएको उच्च प्रविधिको प्रयोग तर छापामार अमक्रमणको सैलिले अमेरिकी साम्राज्यवादको आतंकित मनस्थितिलाई उजागर गरेको छ ।

यसले विश्व अर्थव्यवस्थाको असमानता र संकटलाई उजागर गरेको छ । हिजोको श्रमको अवस्था आज छैन । श्रमको स्थान मेसिन र स्वचालित मेसिनले लिएको छ । अव केहि समयपछि सैनिक, ड्राईभर, बैंकिङ, स्वास्थ, शिक्षा, उत्पादन, विकास, निर्माण, घरायसीकाम लगायतका सवै क्षेत्रमा यन्त्र मानवको प्रयोगले तिव्रता पाउने छ । मान्छे शारिरीक श्रम मात्र होइन मानसिक श्रम समेत गर्न नपर्ने अवस्थामा पुग्दैछ । अब हिजोको वर्ग विश्लेषणले पुग्ने छैन । माक्र्सवादको थप विकाश गर्दै नयाँ ढंगको वर्ग विश्लेषण आवश्यक छ । अबको वर्गिय लडाई विश्व कव्जा गर्ने रणनितीसँगै चन्द्रमा, मंगल ग्रह तथा अन्तरिक्ष कव्जा जमाउने रणनितीमा विकाश हुँदै छ । विज्ञान र प्रविधिमा भएको तिव्र विकाश र त्यसको भुमण्डलिकरणले नेपाल जस्तो अविकसीत देशमा समेत ठूलो प्रभाव पारेको छ ।

अब तेस्रो विश्वका मुलूकहरुले विज्ञान र प्रविधिको विकाश गरी रहनु पर्ने अवस्था छैन । विकसित देशमा विकाश भएका विज्ञान र प्रविधिको उपयोग तथा प्रयोग मात्र गर्दा हुने अवस्था सृजना भएको छ । नेपालले पनि भारत, चीन लगायत विकसीत देशहरुले विज्ञान र प्रविधिमा गरेको विकाशलाई आफ्नो हितमा उपयोग गर्न जान्नु पर्दछ । यसरी हेर्दा राष्ट्रीय तथा अन्तराष्ट्रीय परिस्थीती, समय, भूगोलको अवस्थीति, समाजको विकाशक्रम र वर्गहरुको अवस्था, विज्ञानको विकाशको स्थिती र त्यसको प्रयोेगआदीको कारणले क्रान्तिकारी आन्दोलनमा निरन्तर प्रभाव परीरहेको छ । सजिवको उत्पति र प्रकृतिसँगको संघर्षले मान्छेको विकाश भए देखी आजसम्म विभीन्न रुप र प्रकृयामा क्रान्तिकारी आन्दोलनहरु निरन्तर चलिरहेको छ र भोलि पनि चलिरहने छ ।

नेपाली राजनैतिक आन्दोलनको अवस्थालाई हेर्दा आधुनिक नेपाल बनेपछि १०४ वर्षे जहानिया राणा शासनमा तत्कालीन उत्पादक शक्ती र उत्पादन सम्वन्ध विचको अन्तरविरोधले तिव्र संकट पैदा ग¥यो । जुन परीघटनाले २००७ सालमा तत्कालीन राणा शासनको विरुद्ध र प्रजातन्त्र स्थापनाको लागी ठुलो राजनैतिक आन्दोलन निम्त्यायो । उक्त आन्दोलनले तत्कालीन नेपाली समाजलाई रुपान्तरण ग¥यो । तर २०१५ सालमा राजाले राजनैतिक कु गरी निरंकुस पञ्चायती व्यवस्था लागु गरे । राजाको उक्त कदमले तत्कालिन नेपाली समाजमा फेरी नयाँ राजनैतिक संकट पैदा ग¥यो । उक्त परीघटनाले निरंकुस पञ्चायतका विरुद्ध विभीन्न आन्दोलनहरु उठे ।

समाजवाद साम्यवादमा पुग्ने अभ्यास हो । समाजमा वर्ग रहे सम्म आन्दोलन वाँकि रहने भएकोले सचेत ढंगले आन्दोलनका विभिन्न श्रृखलाहरुको विकाश गर्दै वर्गिय समाजलाई मानव समाजमा रुपान्तरण गर्नु नै पूर्ण प्रजातन्त्र (साम्यवाद) प्राप्ती गर्नु हो ।

२०२८ सालको झापा विद्रोह, २०३६ सालको आन्दोलन, २०४२/०४३ सालको वम विश्फोट तथा सेक्टर काण्डहरुको विकशीतरुप २०४६ सालको राजनैतिक आन्दोलन वन्न पुग्यो । जसले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गरी राजतन्त्र सहीतको वहुदलीय संसदीय व्यवस्था स्थापना गरी तत्कालीन नेपाली समाजको रुपान्तरण ग¥यो । तर नेपाली समाजमा भएको वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय उत्पीडनको अन्त्य हुन सकेन फेरी नयाँ संकट देखा प¥यो । जसले सामन्ती राजतन्त्रको अन्त्य गर्न २०५२ सालवाट १० वर्षे जनयुद्ध र जनयुद्धको जगमा २०६२÷०६३ सालको १९ दीने राजनैतिक आन्दोलनको परिघटनालाई निम्त्यायो ।

देशलाई संघीय लोकतान्त्रीक गणतन्त्रमा रुपान्तरण ग¥यो । यहाँ सम्मको राजनैतिक आन्दोलनले मूलभुत रुपमा राज्यको उपरीसंरचनामा ठूलो परीवर्तन गरेको छ । अव मूल्य, मान्यता, संस्कार, संस्कृति, निति, नियम, कानुन, अड्डा, अदालत, कर्मचारीतन्त्र, सेना, प्रहरी लगाएतमा व्यापक पूनरसंरचना गरी समन्ती, दलाल, नोकरशाही पूँजिवादी उत्पादन सम्वन्धलाई समाजवादी उत्पादन सम्वन्धमा वदल्न र तिनवटै सरकारलाई गरीव, किसान, मजदूर, जनजाती, दलीत, महिलाहरुको पक्षमा रुपान्तरण गर्न अति आवश्यक छ ।

राज्यको सवै तह जनता देखी कर्मचारीतन्त्र, प्रहरी, सेना, न्यायलय र सरकारसम्म हुने चरम भ्रष्टचार, समाज भित्र वाँकी रहेको सामन्तवाद, अवसरवाद र झाँगिदै गरेको दलाल पूँजिवादले ईमान, निष्ठा र मूल्यमा ठुलो गीरावट पैदा गरेको छ । यसको समाधान गर्न व्यक्ती, पार्टी, समाज तथा अन्य तहहरु र सरकार भित्र निर्मम ढंगले जनताको हस्तक्षेप सहितको सुद्धीकरण अभियान सञ्चालन गर्न आवश्यक छ । त्यसो गर्न सकिएन भने फेरी नयाँ संकट पैदा हुन्छ । जसले नयाँ आन्दोलनको माग गर्दछ ।

राज्यको सवै तह जनता देखी कर्मचारीतन्त्र, प्रहरी, सेना, न्यायलय र सरकारसम्म हुने चरम भ्रष्टचार, समाज भित्र वाँकी रहेको सामन्तवाद, अवसरवाद र झाँगिदै गरेको दलाल पूँजिवादले ईमान, निष्ठा र मूल्यमा ठुलो गीरावट पैदा गरेको छ ।

देश, काल र परीस्थिती अनुसार आन्दोलनका विभीन्न स्वरुपहरु प्रयोग र विकाश हुँदै आएको छ । अवको आन्दोलनको स्वरुप समाजमा हुने अनियमितता, विकृति, विसंगति, भ्रष्ट्राचार र दलाल पूँजिवादको विरुद्ध राष्ट्रीय पूँजि र आत्मनिर्भर अर्थतन्त्रको विकाश गर्न तथा निशुल्क शिक्षा र स्वस्थ्यको ग्यरेण्टीको लागी ठूला–ठूला सामाजिक अभियानहरु, जनहस्तक्षेपहरु, सूचना संचारको माध्यमवाट प्रचार र भण्डाफोर जस्ता आन्दोलनको नयाँ स्वरुपको विकाश हुने छ । जसले सभ्य र विकशीत समाजको निर्माण अर्थात प्रजातन्त्र÷लोकतन्त्रको उच्चतम रुप वैज्ञानीक समाजवादसम्म पुग्न वाटो प्रशस्त गर्ने छ ।

समाजवाद साम्यवादमा पुग्ने अभ्यास हो । समाजमा वर्ग रहे सम्म आन्दोलन वाँकि रहने भएकोले सचेत ढंगले आन्दोलनका विभिन्न श्रृखलाहरुको विकाश गर्दै वर्गिय समाजलाई मानव समाजमा रुपान्तरण गर्नु नै पूर्ण प्रजातन्त्र (साम्यवाद) प्राप्ती गर्नु हो । ईतिहासवाट सिक्दै अहिलेको ठोस परिस्थीतीको ठोस विश्लेषण गरी जनदीशाको उचित प्रयोगद्वारा माक्र्सवादको विकाश गर्दै वन्ने वास्तविक क्रान्तिकारी पार्टी र नेतृत्वले मात्र अव हुने अर्को महान तर निकै कठीन आन्दोलनको नेतृत्व गर्न सक्दछ ।

 लेखक नेकपा रसुवाका सचिव हुन् ।

Comments

comments