अमेरिका देश ठूलो तर मन सानो

FB_IMG_1590989310545

रमन कार्की

धेरै महिना पछि हराइसकेको एउटा मेसेन्जर ग्रुपमा कल आयो। होइन आज घाम कताबाट झुल्के छ भन्दै मैले फोन उठाएँ। म आफै दङ्ग परे । नपरौं पनि कसरी एकदमै मिल्ने कलेजका साथीहरूको ग्रुप कल जो आएछ । उही पुराना अनुहारहरू आज एउटै स्क्रिनमा देख्न पाएँ खुसी नहुने कुरै भएन । यो कलमा भएका प्रायः साथीहरू र मेरो आफ्नै जुम्ल्याहा दाई पनि अमेरिकामा छन् । अहिले १२ सक्काए पछिअमेरिका , अष्ट्रेलिया जाने उनको हाम्रो पालामा प्राय: धेरै नै थियो । यही होडबाजीमा होमिएका मध्ये मेरा यी साथीहरू पनि अग्रपङ्क्तिमा पर्छन । सानै उमेरमा निकै परका परदेशी भए उनीहरूअलि धेरै रहरले अनि अलिअलि बाध्यताले । आउनुहोस , हाम्रा कुराकानी गन्थन मन्थन धेरथोर म जोडिहाल्छु।

कुराकानी हाँसी मजाक झै रमाइलो चल्दै थियो , त्यतिकैमा आयुष स्क्रिनबाट हरायो एकै छिन । करिब ५/७ मिनेट पछि उ लुगासुगा फेरेर स्क्रिनमा देखियो । कता हराएको अनि छाटकाट गरेर कता टाढै भनेर नेपाल हुने अर्को साथीले प्रश्न तेर्सायो । मुसुक्क हाँसेर अब काममा निस्किनै पर्यो ढिला हुन लागिसक्यो भन्दै अलि हतारमै उसले उत्तर फर्कायो । उत्तर नसकिँदै यस्तो महामारीमा पनि के को काम हुन्छ भन्दै अर्को प्रश्न आयो ।अहिले तिमीहरू भाग्यमानी छौ म होइन भन्दै आयुषले सहर्ष बाध्यता स्वीकारेको झै लाग्यो मलाई । आफ्नो युनिभर्सिटी अनलाइन क्लासमा दौडिनै रहेको छ , फि दिर्नै पर्यो त्यसको । घर भाडा तिर्ने पर्यो । अस्ति अलि अगाडि मात्र कमाएको केही रकम घर पठाइदिए । कोरोना यसरी तगारो बनेर तेर्सिन्छ भन्ने पत्तो भएको भए आफ्नै खर्चका लागि राख्थे त्यो पनि त्यस्तै भयो । एक डेढ महिना त काम छोडि पनि दिएको रोनाकैं डरले । आफैसँग बस्ने साथीहरूले पनि काम गरेका थिएनन् केही समय यता । आज भन्दा भोलि रोग फैलियो , नियन्त्रण सून्य , यो देश आफै ग्रस्त भयो । यो बिजोक कहिलेसम्म लम्बिने हो थाहा पत्तो छैन भन्ने बुझेर काम जान थाले। नत्र टिक्न गाह्रो नै हुनथाल्यो । अलि मलिनो स्वरमा गाडी चलाउँदै उ यो सब भन्दै थियो अनि हामी सबै सुनिरहयौ गरुङ्गो मन गरेर । उसको ड्राइभिङ गर्दै गरेको स्क्रिनमा मैले टेक्सासको त्यो ठूला ठूला बडेमानका बाटोघाटो , घर भवन , रंगीन सहर र उ पढ्ने बहुत राम्रो युनिभर्सिटी देख्न सक्थेँ । सायद धेरैले अमेरिका नपुग्दासम्म देख्ने अमेरिका पनि यही पो थियो कि ।तर म यो विशाल र विकसित देश भित्रको कथा सुन्दै थिए त्यही पनि आफ्नैका मुखबाट । सायद मैले सोचेको अमेरिका अलि अर्को रहेछ भन्ने भान भयो । काम पुग्न लागे भन्दै आयुष कल छोड्न बाध्य भयो ।

यता वासिङ्टन बस्ने अर्को साथी फिरोज पनि बोल्न लाग्यो सायद आफ्नो पालो सम्झेर । हेर केटा हो , सोचेको र चाहेको जस्तो कहिले देख्न पाएनन् । यहाँको खुसी सायद अलि महंगो परेछ क्यारे खोई किन्नै सकिएन । काम गरिरहेकै छु आफू तर खाना बस्न मात्र ठिक्क हुन्छ त्यो पैसाले । यत्रो सहर आफ्नो भन्ने किरा फट्याङ्ग्रा पनि छैनन् । जिन्दगीले नै पूरै ३६० डिग्री कोल्टे फेर्यो । आफ्नो कथा सुनाउन उ पनि आतुर देखिन्थ्यो । यस्तैमा मैले पनि सोधिहाले , अहिले चाहिँ कस्तो छ त्यता ,डर मर्दै होला है । उसको उत्तर , हाहा , डर मर्दों हाम्रो लागि मात्र हो सायद । यहाँ त स्थानीयहरू हिँड्न पाइएन, आफ्नो स्वतन्त्रता खोसियो भन्दै उल्टै सडकमा उत्रिएका छन् । मास्क लगाउनेलाई राजनीतिक दृष्टिकोणले हेरिन्छ के भनौ खौ ।ओबामा हुँदासम्म त ठिकै लाग्थ्यो अहिले त खोई उथलपुथल नै भाको छ । कहिले काँही त गल्ती नै पो गरिए छ कि क्या हो जस्तो लाग्छ । अलि मजाक मजाक मै बोलेजस्तो गर्दा पनि उसको त्यो भोगाइम बुझ्न सक्थे । रमाइलो मानेर उठाएकोयो फोन कल कता कता वास्तविकतालाई कोतार्दै थियो । अलि फरक अलि नरमाइलो भित्री अमेरिकन लाइफ स्टाइल चित्रण गर्दै थियो यो ग्रुप कल।

मेरो अर्को साथी पबिता कलमा आइन् अलि ढिलै भए पनि । न्युयोर्कमा दिउँसोको १ बजे भर्खर उठेको भन्दै उ चिया बसालेर कुरा गर्दै थिईन। सुनेको थिएँ न्युयोर्क कोरोना महामारीले अस्तव्यस्त भएको छ। चिया कपमा हालेर सुरुप्सुरुप पार्दै पबिता बोल्न थालिन् ।उसको पनि काम काज साढे २ महिनादेखि बन्द नै रहेछ। अहिले गर्मी बिदा भएर कलेज बन्द छ भन्दै थिई ।न त काम छ , न त केही ठेगान।आफ्नै छिमेकी घरमा ११ जनालाई कोरोना लागेको छ । अलि पर अस्ति भर्खरै कोरोना लागेर एउटा नेपाली बितेको खबर पनि सुनियो । ७० दिनदेखि घरबाट बाहिर पहिला राखेको छैन । अनलाइन सामान मगाउन पनि गार्हो नै भइसक्यो अब त । घरमा पनि जेठा बाठा भरपर्दो कोही छैनन् । भोलि केही भइहाल्यो भन्ने कसलाई खोज्नुरुल्ल टुल्ल छौ । दिनै घरबाट १० चोटि कल गर्छन कति सम्झाउनु कसरी बुझाउनु , थाकिसके म आफै पनि। यो सवै सुनि रहँदा म आफूलेआफूलाई भाग्यमानी अनि निकै सुरक्षित रहेछु भन्दै थिए मनमनै । कति अफ्ठेरोमा हिम्मत नहारी सम्हालेर बसेका छन मेरा यी साथीहरु भन्ने जस्तो पनि लाग्यो ।

चेतना  मेरो अर्को मिल्ने साथी उ आज कलमा आउन सकिन्न। चेतनाको पनि कुराहरू सायद यस्तैनै हुन्थ्यो होला। तर केही महिना अघिको कुरा हो , चेतना उतै हुँदा अलि धेरै बिरामी भएकी थिईन् । त्यहाँको अस्पताल खर्च र प्रणाली कति महँगो छ अनुमान गर्न सकिन्छ।त्यति बेला सारै गार्हो नै भएको थियो चेतनालाई । नत नेपालबाट पैसा पठाउन सकिने नत आफूसँग भएको जतिले नै पुग्ने । आफ्नो भन्ने पनि बिरलै भेटिँदा रहेछन गारो सारो पर्दा त। यस्तो आपत् बिपतमा त विद्यार्थीको हिसाबले केही सहुलियत पाएको भए पकै सजिलो हुन्थ्यो। तर त्यस्तो बेबस्था हुने चाँजोपाँजो केही देखिन्न चेतनाले भनेकी थिइन् आफू ठिक भएपछि। मान्छे अलि सानी सानी भएपनि ठूलै चुनौती स्वीकार गरेर चेतना अमेरिकामा बस्दै आएकी छिन्।

उज्वल (काजी) मेरो फुपूको छोरा , उसको पनि कुरा थोरै जोड्न चाहें । त्यहाँ मौसम अनुसार सहर बदल्न पर्छ भन्दै थियो उ । सहर बद्लियो काम बद्लियो युनिभर्सिटी बद्लियो तर यो जन पनि हम्मे हाम्मे नै छ जहाँ गएनी जे गरेनी , अब त यही हो जिन्दगी यही हो रहरले निम्ताएको भोगाइ भन्दै थियो थापा काजी । यो सब सुन्दा बुझ्दा लाग्यो अमेरिकामा कोरोना मेरै साथीहरुलाई निमोठेर बसेको छ। सायद मेरो मनले यति धेरै थाम्न नसक्ला भनेर होला होस्टेलको बत्तीको लाइन गयो । मेरा यी साथीहरूको दुःख सुखका नालीबेली त्यो दिन त्यतिमै टुङ्गियो।

सुत्नु अघि मनमनै यत्रो इन्टरभ्यु लिएर छानेरमात्र आफ्नो देशको भिसा दिने यो देशले किन अन्तराष्ट्रिय विद्यार्थीलाईअफ्ठेरोमा हेर्न खोजिरहेको छैन  भन्ने कुरा खेलिरहयो । सधैं आफू शक्तिशाली हु भनेर खुट्टा बजार्ने तर अहिले विपत्तिको बेला यो विषयमा मौन हुनु मलाई पटकै ठिक लागेन। आफू भित्र रहेका कौतुहलता मेट्न लामो समय बाटै अमेरिकामा बस्दै आएका एउटा दाईलाई कल गरे । मैले प्रश्नको लरको लगाइदिए , यस्ता थिए मेरा प्रश्न ) अंतर्राष्ट्रिय विद्यार्थी प्रतिको जिम्मेवारीमा अमेरिका चुकेको हो ? ) कुनै त्यस्तो सहजिकरण व्यवस्था गरिएको छ कि कतै नेपाली विद्यार्थीका लागि भनेर ? ) तपाईंहरू जस्ता अलि पाको नेपाली र अन्य नेपाली संघ संस्थाको भूमिका कस्तो रहेको छ रु दाईले तिमी टाढै भए पनि यताको विषयमा बुझ्न खोज्यौ खुसी लाग्यो भन्दै तर्क दिन थाले ।

हेर रमन , हामी जस्ता सानो देशमा जन्मिएर मध्यम पारिवारिक आर्थिक अवस्था भएका थुप्रै नेपाली यहाँ आएका छन्। विद्यार्थीलाई स्टुडेन्ट भिसा दिनु अघि आउने बेलैमाआयश्रोत खोजिएको हुन्छ । तिमीले भनेको कुरा ठिक हो , यहाँ विद्यार्थीलाई त्यति धेरै मान्यतामा राखिएको छैन जुन दुःख लाग्दो कुरा हो । विकसित र शक्तिशाली देश, उसले आफूलाई कर तिर्ने नागरिकलाई मात्र प्राथमिकतामा राखेको छ । अहिले कोरोना र विपतको बेला भएर, हरेक नागरिकलाई उसले १२०० डलर मासिक दिएको छ । बाहिर देशबाट आएर यतै बसेका सेवा गरेकालाई ग्रीन कार्ड दिएर सेवा पनि दिँदै आएको छ। यसरी सरसर्ती भन्दासामान्य पारिवारिक र आर्थिक नेपाली परिवारबाट यहाँआएका विद्यार्थीलाई निकै नै गारो छ।अहिले त यहाँको सरकारले स्टुडेन्ट भिसामा आएकालाई काम गर्न नदिने भन्दै निगरानी सम्म गर्न थालेको पाइन्छ । विद्यार्थीको बैंक ब्यालेन्स आर्थिक अवस्था बारे उनीहरू जानकारी पनि राख्दै छन् । बिस्तारै अन्य देशको विद्यार्थीलाई आउन बन्द गर्ने, इम्मिग्रेशनमा आउन नदिने , आएकालाई फर्काउने जस्ता कुरा पनि आइरहेका छन् । हामी यत्रो वर्ष यही बसेर सेवा गर्दा त अझै पेलिएको महसुस हुन्छ ।

तर पनि यहाँरहेकोएनआरएन , भ्वाइस अफ युथ र अन्य धेरै नेपाली संस्थाहरुले यस्ता विपतका बेला नेपालीलाई हेरी छाडेका छैन । सकेको जति हामीले गरिरहेका छौ तर पनि यो पर्याप्त भनेछैन।अहिले भने हामीलाई गार्हो नै परि सक्यो। , तीतो सत्य भनौ रमन यो देश जति ठूलो छ, मन बाट त्यति ठूलो भने छैन । जति सचेत देखिन्छ यति सचेत हाम्रा लागि छैन । सुख खोज्न धेरै दुःख छ अमेरिकामा । दाईले यति भनेर मेरा मनका केही कुरा फुकाइदिए ।

अमेरिकाले चाहेको खण्डमा यो वर्षको लागि विद्यार्थीहरूको युनिभर्सिटी फि घटाई दिन सक्थ्यो। घर भाडा अलि पछि तिर्न मिल्ने गरी बेबस्था मिलादिए कति हल्का हुन्थ्यो होला आत्तिएका नेपाली विद्यार्थीको मन। अरु बेलामा जे जस्तै भएनी यस्तो संकटमाआफ्ना देशमा भएकाअन्तराष्ट्रिय विद्यार्थीलाई राहत , सुविधा र सहजिकरणको वातावरण मिलाउनु सक्नु पर्छ। कोरोना चेक जाँच र अन्य स्वास्थ्य सेवा सम्बन्धी कुरामा विद्यार्थीलाई सौलियत दिनुपर्छ । यति गर्न सके सम्मुनत देशमा आइएछभनेर सबैले तिम्रा लागि ताली बजाउँथे होलान्। आज यो सब लेखी रहँदा त्यहाँसंघर्ष मात्रै छ भन्ने अर्थ नलागोस्। गार्हो पक्कै छ तर धेरैले त्यहाँ पुगेर प्रगतिका कथा कोरेका पनि छन्। सुरुवातका केही वर्ष त्यहाँ सारै ठेस लाग्दो छ यो चाहिँ म प्रष्ट भन्न सक्छु । अमेरिकालाई विश्वकै रंग मञ्च भन्दा फरक नपर्ला ।

अब यो ठूलो रङ्गमञ्चमा टिकी रहनु चुनौतीपूर्ण पक्कै हुँदो हो ।अवसरकम भएर आफ्नो देश छोड्नु भएका तपाईं सम्पूर्णको भोगाइ ,बुझाइ अनि उपलब्धि निकै प्रशंसनीय छन् । धेरै नेपालीहरुदुःख नै भए पनि उतैहराएका छन् , उतैको नागरिक भएका छन् , घरपरिवारलाई उतै लगेका पनि छन् । दुःख गरेर सुख पाउने बेला किन देश फर्किनु भन्ने पनि होला कतिमा लाग्दो हो । तर त्यहाँको दुःख आफ्नै देशमा आएर लगानी गर्नुहोस् त्यति सुख सायद कतै नमिल्ला । समय मौका मिलाएर फर्की आएर नेपालमै ठूला युनिभर्सिटी खोल्न हातेमालो गर्नुहोस् , नेपालमै रोजगार दिने ठूला कम्पनी खोल्नुहोस , नेपालमा टेक्नोलोजी विकासमा सहयोग गर्नुहोस् , नेपालमानै सानो नासा खोल्नु होस् । यति गर्न सकिए अमेरिका उड्ने सपना देख्न पक्कै कम होला कि ।95523808_2535539980094442_698515240295333888_n

Comments

comments