अर्गानिक उत्पादन तुल्सि ग्रिन टि नेपाली बजारमा

LRM_EXPORT_90328820683508_20190201_223742016

काठमाडौं । सन् १९९० अघिदेखि Vehicle of Consciousness in the world को vision  सहित विश्वभर विशुद् अर्गानिक उत्पादन पुर्याउने उदेश्य सहितको  अग्र्यानिक ईन्डियाका उत्पादनहरू अब नेपलमा पाईने भएको छ ।

अर्गानिक ईन्डियाले शुक्रवार एक कार्यक्रमआयोजना गरी अर्गानिक तुल्सी चिया नेपालमा भित्र्याएको छ । खास गरी चियाका पारखीहरूलाई लक्षित गरी कम्पनीले तुल्सीग्रिन टिका पामिग्रानेट, लिमन जिन्जर, क्लासिक, अर्ल ग्रे र जस्मिन गरी ५ विभिन्न स्वादमा नेपालमा ल्याएको हो ।  हाल भारतमा मात्र उत्पादन भईरहेको चिया नेपाली माटो, वातवारण र चिया उत्पादनको लागि सुहाउँदो जमिन पाएमा नेपालमा पनि यसको उत्पादन गर्ने योजना रहेको अर्गानिक ईन्डियाका अन्तर्राष्ट्रिय व्यापारका जनरल म्यानेजर गुरप्रित सिंहले बताए ।

सिंहले नेपालमा अर्गानिक चियाबाट बजार शुरु गरेको र विस्तारै आफ्ना अन्य उत्पादनहरू पनि नेपाली बजारमा ल्याउने योजना रहेको जानकारी दिए । उत्पादित अर्गानिक चिया भाटभटेनी तथा अन्य मार्टहरूमा मात्र पाइने छ भने विस्तरै यसको बजार विस्तार गरी अन्य स्टोरहरूमा पनि उपलब्ध गराउने कम्पनीका काठमाडौंका लागि प्रबन्ध निर्देशक बल्लभराज सिग्देलले जानकारी दिए ।

Comments

comments