अवैद्य रुपमा वालुवा ओसारपसार गर्ने ट्रिपर प्रहरी नियन्त्रणमा

124040226_822117051918424_5244845897521395102_n

रसुवा, अवैद्य रुपमा वालुवा ओसारपसार गर्ने टिफर जिल्ला प्रहरी कार्यलय रसुवाले नियन्त्रणमा लिएको छ । थाम्बुचेत प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले अवैध रुपमा वालुवा ओसारपसार गर्ने बा ५ ख २४९४ नम्बरको ट्रिपरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।

यसरी नियन्त्रणमा लिइएको ट्रिपरलाइ थप अनुसन्धान र कारवाहीको लागि आमाछोदिङमो गाउँपालिकालाई पठाइएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार आमोछोदिङमा गाउँपालिका वडा नं ४ स्थितमा बा ५ ख २४९४ नंम्बरको ट्रिपर नियन्त्रणमा लिइएकाे हाे  । कागजपत्र केही नभएपछि ट्रिपर नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारवाहिको लागि आमाछोदिङमा गाउँपालिकामा पठाइएको कार्यालयले जनाको छ ।124107958_285466139549757_8186642966113764142_n

क्रसर स्थानीय निमा छिरिङ तामाङले सञ्चालन गरेको र चिलिमे खोलाबाट ङोबर क्रसर उद्योगले उत्खनन् गरेको स्थानीयले जानकारी दिएमा छन् । लामो समयदेखि आमाछोदिङमो गाउँपालिका–५ चिलिमे खोलामा क्रसर सञ्चालन ल्याएको थियो । जिल्ला स्तरिय अनुगमन समितिले समेत अनुगमन गरेको थियो । मापदण्ड नपुगेको देखिएकाे प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । जलविद्युत आयोजनाको काममा प्रयोग गर्ने नाममा यहाँबाट बालुवा , गिटी निकाल्ने काम गरेको र अवैध ढंगबाट क्रसर उद्योग सञ्चालन गरेको स्थानीयले गुनासो गर्दै आएका थिए ।

आमोछोदिङमो गाउँपालिका वडा नं ५ मा संञ्चालित ङाेबर क्रसर उद्योगले शक्ति र सत्ताको आडमा अवैद्य रुपमा क्रसर उद्योग सञ्चालन भइरहेको छ । सत्ता र शक्तिमा रहेकाहरुबाटै अवैद्य रुपमा क्रसर उद्योग सञ्चालन गर्दै प्राकृतिक श्रोत र साधनको चरम दोहन भएको भेटिएपछि जिल्ला समन्वय समिति रसुवाले यसअघि नै एक्सन समेत लिएको थियो । सोही विषयमा यस अघि नै समाचारमा अाएपनि कुनै कारबाही भएकाे थिएन । जिल्ला स्तरले अनुगमनले अवैध देखिएपनि स्थानीय तहले जफत गर्न खाेजेकाे तर  विद्युत प्राधिकरणले अबैध नभएकाे भन्दै नराेक्न गाउँपालिकालाइ अनुराेध गरेपछि मात्र जफत नगरेकाे गाउँपालिका अध्यक्ष ब्रचुङ तामाङले बताउनुभयाे । उत्खनन् गरेर अन्यत्र बेचेकाे नभइ २२० केभी प्रशारण लाइनकाे हव निर्माणकाे लागि प्रयाेग भएकाे र  केही महिना अघि स्थानीयलाइ  १ /२ जनालाइ घर बनाउनका लागि व्यबहारिक रूपमा  सामग्री  बालुवा , गिटी लगेकाे उहाँले स्वीकार गर्नुभयाे ।  121677352_729954784258485_4019501253291852613_n

Comments

comments