अष्ट्रेलियनको सहयोगमा न्यानो वितरण

Blankets distribution

कालिकास्थान, रसुवा ।

एक अष्ट्रेलियन जोडीको सहयोगमा रसुवा जिल्लामा भूकम्प पीडित परिवारलाई जाडो मौसममा न्यानो सहयोग वितरण गरिएको छ ।

अष्ट्रेलियन निवासी जोए क्यामिलेरी, उनीकी श्रीमती हेनरिट्टा क्यामेलेरी र उनका साथीहरुले अष्टे«लियाबाट आर्थिक सहयोग संकलन गरी पठाएपछि ५० परिवार भूकम्प पीडितलाई दुई दुई थान न्यानो व्लाङ्केट वितरण गरिएको छ । उनीहरूले स्थानीय सामाजिक संस्था मानव अधिकार तथा सामुदायिक विकास स्रोत केन्द्रमार्फत सहयोग उपलब्ध गराएका थिए । रसुवा धैबुङ्ग र लहरेपौवा गाविसका इटपारे गाउँमा बसोबास गरिरहेका ५० दलित परिवारलाई प्रति परिवार २ थान न्यानो व्लाङ्केट वितरण गरिएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका परियोजना संयोजक विश्वास नेपालीले बताए ।

चिसो मौसम बढ्दै गएको छ, आफ्नो क्रय शक्ति कम भएका परिवारले आवश्यकीय सामग्री खरिद गर्न सक्ने क्षमता पनि छैन, कठ्याङग्दिो चिसोमा भूकम्प पीडितहरुको जीविका सहज बनाउनको लागि विभिन्न संस्थाहरुसँग समन्वय गरी न्यानो ब्याङकेट वितरण गरिरहेको आत्मनिर्भर केन्द्रका संयोजक विश्वास नेपालीले बताए ।

Comments

comments