असार मसान्तसम्ममा झन्डै ६० प्रतिशत भूकम्प प्रभावितलाई छानामुनी ल्याइने

Singa Lama Waiba_Ramche-3 Grang

रसुवामा असार मसान्तसम्ममा झन्डै ६० प्रतिशत भूकम्प प्रभावितलाई छानामुनी ल्याइने लक्ष्य रहेको स्थानीय पूर्वाधार कार्यालय प्रमुख कृष्णकान्त उपाध्यायले जानकारी दिए ।

यहाँका १० हजार ७ सय ३७ लाभग्राही मध्ये ९५ प्रतिशतको अनुदान सम्झौता भइसकेको छ । सम्झौता भएका मध्ये ९७ प्रतिशतले पहिलो किस्ताको, ८२ प्रतिशतले दोस्रो किस्ता र ३७ प्रतिशतले तेस्रो किस्ताको रकम बुझिसकेको उपाध्यायले जानकारी दिए । रसुवाका ८ सय ४४ परिवार जोखिमपुर्ण क्षेत्रमा बसोवास गरिरहेका छन् । यिनीहरुको बसोवास स्थानान्तरण गर्ने बारे काम भइरहेको उपाध्यायले जानकारी दिए । नागरिकमा समाचार छ ।

Comments

comments