असहायलाई राहत सहयोग

IMG_20201018_161652

रसुवा, कालिका गाउँपालिका वडा नं. ३ इटपारेमा रहेका गाउँ भूमि अधिकार मञ्चमा सङ्गठित भूमिहीन सुकुमबासी ४५ घरधुरी अति विपन्न तथा असहाय तथा परिवारलाई राहत सामग्री बितरण भयाे ।

विपन्न परिवारमा काेराेना महामारीका कारण परेकाे समस्यालाइ मध्येनजर गरी कालिका गाउँपालिका वडा नं ५ का समाजसेवी धर्मदत्त लामिछानेकाे सम्पर्कमा GANGCHEN HIMALAYAN SUPPORT ASSOCIATION (GHWSA) Malaysia  को आर्थिक सहयोगमा जिल्ला भूमि अधिकार मञ्च,  मानव अधिकार तथा सामुदायिक विकास स्रोत केन्द्र रसुवाको समन्वयमा कालिका गाउँपालिका वडा नं. ३ का ४५ घरधुरीलाई राहत वितरण भएकाे हाे । कालिका गाउँपालिका उपाध्यक्ष भवानी न्याैपाने , वडा नं ३ का वडा अध्यक्ष पुष्पराज न्याैपानेलगायतकाे सहभागीतमा राहत बितरण  गरिएकाे थियाे ।IMG_20201018_161652

कालिका गाउँपालिका वडा नं. ३ इटपारेमा रहेका  गाउँ भूमि अधिकार मञ्चमा सङ्गठित भूमिहीन सुकुमबासी ४५ घरधुरी असहायअति विपन्न परिवारलाई रहत वितरण गरिएको हाे ।  प्रति घरपरिवार १ बोरा चामल, १ लिटर तेल, १ केजी चिनी, १ प्याकेट नुन, १ केजी चिउरा का दरले वितरण गरिएको थियो । भूमिहीन तथा सुकुमबासी परिवारमा लामो समयदेखिको कोभिड-१९ को महामारीको कारण समस्या परेको थियो, आर्थिक आम्दानीहरू न्युन भएको थियो । नजिकिँदो चाड दशैंलाई मध्येनजर गरी राहत वितरण गरिएको स्रोत केन्द्र रसुवाले जनाएकाे छ ।

Comments

comments