असिनाले तरकारी खेतीमा क्षति

रसुवाको उत्तरी आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङमा असिनाले तरकारी तथा खाद्यान्न बालीमा क्षति गरेपछि कृषक चिन्तित बनेका छन् । शनिबार दिउँसो परेका असिनाले त्यस क्षेत्रमा लगाइएका आलु, मुसुराे, केराउ, मकै, जौँलगायतका बालीमा क्षति पुगेको छ । असिनाले तरकारी तथा अारू, खुर्पानी, स्याउ लगायत फलफुलमा समेत क्षति पु¥याएको छ ।

गत्लाङमा धेरै वर्षपछि असिनाले बाली क्षति गरेको स्थानीय निमा तामाङले बताए । भर्खरै लगाइएको बालीमा क्षति पुगेपछि अनिकाल लाग्ने संकेत भएको भन्दै कृषकले चिन्ता व्यक्त गरेका छन् । यहाँको प्रमुख पेशा कृषि भएकाले यसले कृषकलाई ठूलो क्षति पुगेकाे स्थानीय फुर्पुसिङ्गी तामाङले बताए । जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाे गत्लाङ, गाेल्जुङलगायत अन्य क्षेत्रमा पनि असिना पानी परेकाे छ ।

Comments

comments