असुरक्षित ठाउँमा धमाधम घर बन्दै, अनुगमन खै ?

IMG_20180123_090902

थुमन रसुवा, माघ १० गते । भूकम्पपछिको नीजि आवास पुनर्निर्माणका क्रममा जोखिमयुक्त भनिएका क्षेत्रमा धमाधम घर बन्दै छन् । यस्तो ठाउँमा घर बन्न हुने वा नहुने हो भन्ने अन्योलताकाबीच सरकारले समयमै घर नबनाए अनुदान नपाइने हल्ला गाउँघरमा पुगेपछि भूकम्पपीडित पुरानै ठाउँमा घर बनाइरहेको बताएका छन् ।

यस अघि नै पहिलो किस्ता पाएपनि राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले रसुवाका ७० वटा बस्तीहरु जोखिमयुक्त भनि भूगर्भविदले अनुगमन गरेर २९ वटा बस्ती जोखिममा रहेकोले बस्ती स्थानान्तरण गर्ने भनिएपछि आवश्यक समन्वय अभावमा लाभग्राही आवास निर्माण अनुदान लिएर जोखिम युक्त स्थानमै धमाधम नीजि आवास निर्माण भइरहेको छ ।IMG_20180123_091019

गोसाईकुण्ड गाउँ पालिका वडा नं १ को थुमनको पादापछेसा, तार्सा र देश्यागाउँमा यस अघि भूगर्भविदले स्थलगत अनुगमन गरेर त्यस स्थानमा घर नबनाउनु भने पनि स्थानीयले घमाधम घर बनाउन थालेका छन् । गाउँ माथिबाट ठूलो पहाड चिरा परेर २ हात तल सरेरको तलबाट पनि पहिरोले तान्न लागेको छ । पादापछेसामा १४, तार्सामा ८ र देश्या गाउँमा ५ घर जोखिममा छ । तार्सा र देश्यागाउँका १३ घर अन्यत्र बस्ती सार्न सूचिमा नाम प्रकाशित भए पनि तार्साका खम्बा तामाङ, चिप्तो तामाङ र पुर्ण थापा तामाङ जेखिम भनिएकै स्थानमा घर निर्माण अन्तिम चरणमा पुगेका छन् । गाउँमा यस अघिनै जोखिममा रहेको भने पनि पहिलो किस्ता लिएका लाभग्राहीले चाँढै आवास निर्माण नगरे पहिलो किस्ता रकम फिर्ता गर्नु पर्ने भन्ने हल्ला चलेपछि यही स्थानमा घर बनाउन थालेको लाभग्राहीको भनाई छ ।

स्थानीय सुल थापा तामाङ, श्याम तामाङ, देमाया तामाङ, टाटी घले, लोमाया घलेले घरको जग उठाईसकेका छन् । विभिन्न किसिमका खबरले स्थानीय लाभग्राही अन्यौलमा परेको बताउछन् । पहिलो किस्ता लिएका परिवारले चाँढै घर नबनाए ५० हजार सरकारलाई फिर्ता दिनुपर्ने भन्ने खबरले घर बनाउन थालेको स्थानीय पुर्ण थापा तामाङले बताउनुभयो । उहाँले भन्नुभयो “ आफसँग भएको जग्गा यही हो पुस मसान्तमा सरकारले घर बनाउने म्याद थपेन ५० हजार फिर्ता गर्नु पर्ने हल्लाले धमाधम घर बनाउन थालेका हुन् कतिले त दास्रो किस्ता लिएका छन् । ”
गाउँमा कामदार अभाव छ चाँढै घर बनाउनुपर्ने कुरा आयो बाँकेको कोहपुरबाट आएका कामदारहरुले ठेक्का लिएर धमाधम घर बनाईरहेका छन् । छाउने बेला भयो स्थानीय खम्बा तामाङले भन्नुभयो ।

न लाभग्रहीले केही भनेका छन् न माथिबाट केही लिखित वा मौखिक सूचना आउँछ स्थानीय अन्यौमा काम गरिरहेका छन् । नीजि आवास चाँढै निर्माण गर्न उर्दी लगाएर मात्र भएन तलसम्म सूचना दिनु पर्छ स्थानीय गोसाईकुण्ड गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष सोनाम तामाङले भन्नुभयो । भूकम्पीय आयोजना, सहरी विकास तथा भवन डिभिजन कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका सरोकरवाला कार्यालयसँग समन्वय अभावमा एकातिर सरकारी निकायले नै जोखिममा रहेको बस्ती स्थानान्तरण गर्नु पर्ने कुरा गर्ने अर्को तिर सरकारी अनुदान लिनेले चाँढो आवस निर्माण गर्न भन्दै दोस्रो किस्ता दिनुले पनि स्थानीय अन्यौलामा परेका छन् । यस सन्दर्भमा दोस्रो किस्ता सिफारिस गर्दा भूगर्भविद्को सिफारिस प्रति ध्यान नदिएको प्रष्ट देखिएको राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाका प्रमुख कृष्णकान्त उपाध्यायले बताउनुभयो ।

पुर्जापाएपछि आवास पुर्ननिर्माण सुरु

गोसाईकुण्ड गाउँ पालिका ६ को ठाडेमा जग्गा पाएपछि बिस्थापितहरुले घर बनाउन सुरु गरेका छन् । जिल्ला भूमिअधिार मञ्चको पैरवी अभियान पछि पुर्जा पाएकोले गुम्चेतका बिस्थापित ५ परिवारले आवास निर्माण सुरु गरेका छन् । राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले २ लाख रुपैयाँ सुरक्षित घडेरी खरिदका लागि प्रदान गरेपछि घर बनाउन थालेको स्थानीय दावाग्याल्बो घलेले बताउनुभयो । उहाँले भन्नुभयो “भूकम्पमा त बाँचियो । अहिले जग्गा पाएर घर बनाउन सक्छु जस्तो सोचैकै थिएन । हामीलाई पुनर्वासको लागि सहयोग भयो । नयाँ जग्गामा नयाँ घर पनि बनाउन थालेका छौं । ” उनीमात्र नुवाकोटको किस्पाङ गाउँ पालिकामा ३२ र बिदुर नगरपालिका ७ तुप्चेमा १ परिवार गरी ३३ परिवार विस्थापितले सुरक्षित घडेरीमा आवास निर्माण गर्न थालेका छन् ।

Comments

comments