अस्पताल अध्यक्षमा पदभार ग्रहण

cropped-langtang-center3.png
रसुवा, पुस २ ।  जिल्ला अस्पताल रसुवाको अध्यक्षमा रामशरण कुँइकेलले पदभार ग्रहण गरेका ५न् । कात्तिक ३० को मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेसँगै उनी अध्यक्षमा नियक्तु भएका हुन् । प्रदेश ३ सरकारले प्रदेश मातहतका नौ जिल्ला अस्पतालमा अध्यक्ष नियुक्ति गरेको छ ।
रसुवा अस्पताललाइ  सिइअाेसी सेन्टरका रुपमा विकास गर्नु पर्ने , एम्बुलेन्स ब्यवस्था गर्नु पर्ने लगायतका विषयमा छलफल भएकाे  थियाे । मन्त्रिपरिषद्को निर्णयपछि सामाजिक विकास मन्त्रालयलाई अध्यक्ष नियुक्तिको बाटो खुलेको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मकवानपुरको हेटौँडा अस्पताल विकास समितिको अध्यक्षमा डेगराज (प्रकाश) पौडेल, चितवनको भरतपुर अस्पतालमा खिमलाल भण्डारी, धादिङ अस्पतालमा महेन्द्र धमला, नुवाकोटको त्रिशूली अस्पतालमा अर्जुनप्रसाद न्यौपाने नियुक्त भएका छन् ।  त्यस्तै, भक्तपुर अस्पतालमा मिलन सुवाल, सिन्धुली अस्पतालमा प्रल्हाद पोखरेल, सिन्धुपाल्चोकको चौतारा अस्पतालमा ईश्वरीप्रसाद श्रेष्ठ र रामेछाप अस्पतालमा रोशन पाख्रिन नियुक्त भएका छन् ।  समितिमा मेडिकल सुपरिटेण्डेट सदस्यसचिव हुने व्यवस्था छ । सामाजिक विकासमन्त्री युवराज दुलालले काठमाडौँ ललितपुर, काभ्रे र दोलखा अस्पताल प्रदेशमा हस्तान्तरण नभइसकेको जानकारी दिए ।
पदभार ग्रहण गरी रसुवाका अध्यक्ष कुँइकेलले नयाँ क्षेत्रकाे जिम्मेवारी पाएकाेले बुझेर काम गर्ने बताए । पदभार ग्रहण पछि अस्पतालकाे अवलाेकन समेत भएकाे थियाे । 
Comments

Comments

comments