अस्पताल अध्यक्ष र एम्बुलेन्स चालक क्वारेन्टाइनमा

98320591_3206758142702017_5531792395483480064_n

रसुवा अस्पताल व्यवस्थापन समिति रसुवा अध्यक्ष रामशरण कुँइकेल र एम्बुलेन्स चालक समेत हिजाे साँझ अनावस्यक क्वारेन्टाइनमा राखिएकाे छ । उत्तरगया गाउँपालिका -५ मा रहेकाे प्रतिनिधी सभा सदस्यकाे घरमा क्वारेन्टाइन खाेलेपनि छिमेकी गाउँ बनुवाँका गणेश आचार्य भारतबाट आएर क्वारेन्टाइनमा बस्न पाएनन् ।

रसुवामा सप्तरीबाट आएका जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुखसँगै आएकाेले चालक र अध्यक्षलाइ पनि क्वारेन्टाइनमा राख्न स्थानीयले दवाव दिएका थिए । केही स्थानीयले पूर्वाग्रही रूपमा आफुलाइ क्वारेन्टाइनमा राखेकाे रसुवा अस्पताल व्यवस्थापन समिति रसुवा अध्यक्ष रामशरण कुँइकेलले बताए । एम्बुलेन्स चालकलाइ क्वारेन्टाइनमा राखेर कसरी चल्छ भन्ने प्रश्न उठेकाे छ ।98320591_3206758142702017_5531792395483480064_n

कालिकास्थानबाट एम्बुलेन्समा चढेर जिल्ला पुगेका  कुँइकेलले अस्पतालकाे एम्बुलेन्स चालकमाथि अन्याय हुने बताए । यस्ताे विपदकाे समयमा एम्बुलेन्स कसरी चल्छ ? हिजाे धुन्चे पुग्नासाथ एक युवाले आफुलाइ एम्बुलेन्सबाट धेरै कमाइ गरेकाे समेत आराेप लगाएकाे कुँइकेलले बताए । 100549515_3206757932702038_5484676861944397824_nउता  उत्तरगया गाउँपालिका -५ मा रहेकाे प्रतिनिधी सभा सदस्यकाे घरमा क्वारेन्टाइन खाेलेपनि छिमेकी गाउँ बनुवाँका गणेश आचार्य भारतबाट गाउँमा आएर क्वारेन्टाइन नपाएपछि कुखुराको खोरको क्वारेन्टाइन बसे ।  राज्यको लगानीमा बनेको गाउँको सेल्फी क्वारेन्टाइन भयाे भन्दै सामाजिक संजालमा निकै टिप्पणी गरेकाे देखियाे । गाउँपालिकाको जनप्रतिनिधिको बोलाइ र व्यवहार फरक देखियाे भनेर सामाजिक संजालमा ठूलाे ब्याङ्ग गरेका छन् ।     तस्वीर : सामाजिक सञ्जाल100896370_3206757979368700_7006188263710916608_n

तस्वीर : पहिलाे रात आचार्य क्वारेन्टिन बसेकाे कुखुराकाे खाेर

Comments

comments