आक्रमण बिरोधमा रसुवा बन्द

13708179_283397228683280_1043799634904362498_o

13640825_283442778678725_7856736365267475522_oरसुवा । स्थानीय निकाय पुर्न संरचना बारे छलफलका क्रममा धुन्चेका स्थानीयले शनिबार आक्रमण गरेको बिरोधमा रसुवामा क्रियाशिल तीन दलले रसुवा बन्द गरे ।

बन्दका क्रममा रसुवामा दिउसो १ बजेसम्म मलामी चढेको गाडी, एम्बुलेन्स, केही बाइक बाहेक कुनै सवारी साधन चलेनन् । बन्दका क्रममा अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले कालिकास्थानमा बन्द खुलाउने प्रयास गरेपनि बन्दकर्ताहरुले कुटपीट गर्नेहरुलाई गिरफ्तार गरी कारवाही गर्न माग गर्दै बन्द जारी राखेका छन् । नेपाली काँग्रसका सभापति लामाकार्पु तामाङ, नेकपा माओवादी केन्द्रका संयोजक जगतजंग , नेकपा एमालेका उपाध्यक्ष विष्णु देवकोटालगायतले एक बिज्ञप्ति जारी गरी नागरिक समाजका अध्यक्ष तथा रेडक्रस सभापति बाबुलाल तामाङ र नेपाली काँग्रेसका स्थानीय नेता लामा रेन्जेन घलेको नेतृत्वमा आक्रमण भएकोले उनीहरुको गिरफ्तारी माग गरेका थिए । नेताहरुमाथि भएको संघातिक आक्रमणको बिरोध जनाउँदै देषीलाई कारबाही माग गरिएको छ ।

स्थानीय निकाय पुर्न संरचना बारे छलफलमा धुन्चेका स्थानीयले प्रवेश गरी कुटपीट गर्दा लहरेपौवा गाविस  निवासी नेकपा एमाले केन्द्रीय सदस्य माधव अर्याल र ठूलोगाउँ गाविस  का नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य जनकजीवन उपाध्यायलाई कुटपीट गरी घाईते पारेका थिए । उनीहरुको राजधानी स्थित ग्राण्डी अस्पतालमा उपचार भईरहेको छ । IMG_1709

जिल्ला विकास समितिको आयोजनामा भएको छलफलमा धुन्चे गाविसलाई उत्तरी वा दक्षिणी क्षेत्रको गाविसमा मिलाएर स्थानीय निकाय पुर्न संरचना गर्ने विषयमा हुदै गरेको अवस्थामा एक्कसी युवाहरु प्रवेश गरी चियाका गिलासले समेत कुटपीट गरेका थिए । छलफल हुँदै गर्दा एक्कासी बैठक हलमा ६०/ ७० जनाको समूहमा आएका युवा प्रवेस गरी नेकपा एमाले केन्द्रीय सदस्य माधव अर्याल र नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य जनकजीवन उपाध्यायलाई कुटपीट गरी घाईते पारेका थिए । अर्यालको मुहार , टाउको र खुट्टा तथा उपाध्यायको छातीमा चोट लागेको थियो ।

घाई दुवैजालाई जिल्ला अस्पताल धुन्चेमा उपचार गरी राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी फणिन्द्र प्रसाईले बताउँनुभयो । धुन्चेका युवाहरुले सदरमुकाम धुन्चेलाई स्थानीय विकास अधिकारीले दक्षिण क्षेत्रतर्फ जोडेर सिमांकन गर्न लागेको आरोप लाएका छन् । कुटपीट गर्नेहरुको पहिचान भएको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Comments

comments