आगलागी पीडितलाई राहत

IMG_7595

रसुवा, बैशाख १४ गते । विद्युत सर्ट भएर आगलागीहुँदा घर जलेरनष्ट भएका नौकुण्ड गाउँपालिका वडा नं १ थाङदोरका ५ परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।

बिहिबार दिउँसो एक्कासी करेन्ट सर्ट भएर आगोले स्थानीय ग्याना थोक्रा , मेन्दोपासाङ थोक्रा नेकोर , दावापुर्पा थोक्रा, किप्पा नेकोर र लछिन नेकोर घर जलेर नष्ट भएको थियो । उनीहरुलाई नेपाल रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङको यपस्थितीमा प्रति परिवार त्रिपाल, कम्मल कपडा, भाडाकुडा, डोरी, बाल्टिन, एक सेट बितरण भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रति परिवार नगद १० हजार रुपियाँ र टेण्ट प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले घटनास्थलमै पुगेर पीडितलाई प्रदान गरिएको बताउनुभयो । घटनास्थल सदरमुकामबाट १६ कोष दक्षिणपूर्वमा पर्दछ ।

जिल्ला विपद् व्यवस्थापन समितिले प्रति परिवार १० हजार रुपयाँका साथै टेन्ट प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाले भाडाकुडा, त्रिपाल, कम्बल, लत्ताकपडा, नौकुण्ड गाउँपालिकाले खाद्यान्न वितरण गरेको छ । तेजिलो सचेतना समाज नेपालले प्रति परिवार पाँच हजार रकम सहयोग गरेको छ ।

नौकुण्ड गाउँपालिकाले प्रतिपरिवार ३० हजार रुपयाँ, नौकुण्ड गाउँपालिका–१ ले जस्तापाता र कम्बल तथा जिल्ला समन्वय समिति रसुवाले जस्तापाता दिने घोषणा गरेको छ । अहिले तत्कालको समस्याको समाधानका लागि राहत स्वरूप रकम दिएको भएपनि घर निर्माणका लागि थप ५० हजार रुपयाँ दिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

 

Comments

comments