आजबाट माथिल्लो त्रिशूली थ्री ‘ए’ व्यावसायिक उत्पादन सुरू

75653297_571935716895485_5030395748684922880_n

रसुवा, मंसिर २ गते । माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट तथा अर्थमन्त्री युवराज खतिवडा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनास्थलमा उद्घाटन गर्नुभयाे ।

75576455_571935100228880_5361200207201566720_n
रसुवाको उत्तरगया गाउँपालिका र नुवाकोटको किस्पाङ गाउँपालिको सिमान सिम्लेमा विद्य्त आयोजनाको उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले ठूला आयोजनाहरूलाई प्रतिकूल प्रभाव नपार्ने गरी जग्गाको मुआब्जा लिने काम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले हाम्रा ठूला आयोजनाहरूमा विलम्ब हुने र महंगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आग्रह गनुभयो ।

नेपाल नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणको सबैभन्दा जटिलता भनेकै हरेक टावर एउटा आयोजना जस्तै कठिन बन्नु र बनाइनु नै हो । माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनामा सफलता मिलेको हो । मुलुकभित्र खपत हुनेऊर्जामा करिब आठ प्रतिशतको योगदान पुग्ने छ । १४ अर्ब ४३ करोड रुपियाँ लागतको आयोजना नेपाल सरकार एवं विद्युत प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इञ्जिनीयरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो । विसं २०७१ जेठ १७ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसबखत चिनियाँ कम्पनीसँग आठा अर्ब ९१ करोड ७८ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । शुरुमा विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि २०७३ साल असार १६ सम्म म्याद थप भएको थियो । विनाशकारी भूकम्प’ का कारण पनि आयोजनाको निर्माण तालिका निकै प्रभावित भयो । भूकम्प र पहिरोले आयोजना प्रमुख फणीन्द्रराज जोशीका अनुसार बहुप्रतिक्षित आयोजनाबाट नौ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने र हिउँदका तीन महिना आयोजनाले ४५ मेगावाट विद्युत् उत्पादन गर्ने बताउनुभयो । विद्युत् बिक्रीबाट वार्षिक झण्डै पाँच अर्ब आम्दानी हुन्छ । उत्पादित विद्युत् त्रिशूली काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाले पाँच महिना अदिदेखि नै उत्पादन सुरु गरेको थियो । आयोजनाबाट उत्पादन भएको विद्युत् थ्रि बीको हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको प्रसारण लाइनमार्फत लगिएको छ । जसमा पावर हाउस (सिम्ले)देखि थ्रिबी हबसम्म १३२ केभी, थ्रिबी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ ।76713949_571935216895535_4074957604852334592_n

आयोजनाका मुख्य संरचना र प्रसारण लाइनले प्रभावित रसुवा, नुवाकोट, धादिङ र काठमाडौं जिल्लामा ‘आयोजना सहयोग कार्यक्रम’अन्तर्गत आठवटा विद्यालय भवनको निर्माण, सडक कालोपत्रे तथा स्तरोन्नती खानेपानी आपूर्ति प्रणालीको कार्यान्वयन, त्रिशूली हस्पिटल जाने सडको स्तनोन्नती, हस्पिटललाई उपकरण, खेल मैदान निर्माण, सिंचाइ सुविधा उपलब्ध गराउने जस्ता सामाजिक विकासको कामका लागि झण्डै ४० करोड रुपैयाँ खर्च गरिएको आयोजनाले जनाएको छ । रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो। ६० मेगावट क्षमताको आयोजनाको पहिलो युनिटबाट उत्पादित ३० मेगावट विद्युत् गत जेठ ३ गते र दोस्रो युनिटबाट उत्पादित ३० मेगावट विद्युत् साउन १७ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो।

Comments

comments