काजक्रिया आठदिनमै सम्पन्न

Gotame

रसुवा । परम्परागत रुपमा १३ दिनमा सम्पन्न गरिने मृत्यु संस्कारलाई सुधार गरी अब ८ दिनमा सम्पन्न सुरु गरिएको छ । धैबुङ्ग – गाविस २ का धारापानीका माओवादी केन्द्रका जिल्ला अध्यक्ष समेत रहनु भएका ईन्द्र गोतामेका बाबु स्वर्गीय नन्दलाल गोतामेका मृत्यु संस्कार क्रिया ८ दिनमा सम्पन्न भयो ।

१३ दिनमा सम्पन्न गर्ने पुरानो संस्कार छोट्याउन स्थानीय पुरोहितले नमाने पछि पर्सा जिल्लाका पण्डितले ८ औ दिनमा मृत्य संकारको कर्म समाप्त गरिदिएको मृतकका छोरा भीमप्रसाद गोतामेले बताउनुभयो ।

मृत्युसंस्कार सुधार अभियानको वहस चलिरहेको अवस्थामा रसुवा धैवुङमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष ईन्द्र गोतमेको प्रस्तावमा दाजुहरु फणिन्द्र प्रसाद गोतामे ,जगन्नाथ गोतामे,भीमप्रसाद गोतामेले पिता आफ्ना पिता नन्दललाल गोतामे काजक्रिया परम्परागत बिधिबाट छोटो पारेर आठ दिनमा सम्पन्न गर्ने ईच्छा प्रकट गरेपछि ८ दिनमा सकिएको हो । धैवुङ गाउँका स्थायी बासिन्दा गोतामे दाजुभाईले ८ दिनभित्र हिन्दु संस्कार अनुसार सबै बिधि पूरा गरी बुधवारका दिनमा काजक्रिया सम्पन्न गर्नुभएको हो । रसुवा जिल्लामा यसरी मृत्यु कर्म आठ दिनमा सम्पन्न भएको यो पहिलो घटना भएको स्थानीय पुरोहितहरु बताउँछन् ।

आठ दिनभित्र काजक्रिया सम्पन्न गरिएको रसुवा नुवाकोटमा पहिलो घटना हो । अभियानमा साथ दिन गाउँ र वरपरका भद्रभलाद्मीहरुको उल्लेखित उपस्थिति थियो । काजक्रिया आठ दिनमा पूरा गरेपछि फणिन्द्र प्रसाद गोतामेले हिन्दु धर्मको रक्षा र आस्था अनुसार नै संस्कारमा सुधारका उद्देश्यले काजक्रिया पाँच दिनमा सम्पन्न गर्ने ईच्छा हुँदा हुदै पनि आफुहरु अभियानलाई साथ दिएको बताउनुभयो ।

हिन्दु धर्मले संस्कार सुधार समाजको अभियानमा व्यवहारिक रुपमै साथ दिएको तर स्थानीय पुरोहित साथ नपाएर आठ दिनमा काजक्रिया सम्पन्न गर्नुपरेको मृतकका कान्छी बुहारी ज्ञानु अर्याल गोतामेले बताउनुभयो ।

संस्कार सुधारको अभियानलाई साकार बनाउन सबैले व्यवहारिक रुपमा उतारेर अगाडि बढ्ने बेला आएको र अहिले परिवेशमा विश्वास समेत व्यक्त गर्नुभयो । आफूहरुको साहसमा गाउँ, समाज र परिवार सबैबाट साथ मिलेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयोे सामाजिक रुपान्तरण र संस्कार सुुधारमा भूमिका खेल्न पाएकोमा गर्वको महशुश गरेको बताउनहुन्छ का नन्दललाल गोतामेका अर्का छोरा भीम प्रसाद गोतामे । उहाले काजक्रियाको दिन कम गर्नु वाध्यात्मक नभई बुझेर गरिएको स्पष्ट पार्नुभयो ।

हिन्दु बिधि अनुसार संस्कार सुधार गर्न बिभिन्न समयमा आवाज उठी रहेको सुधारको अभियानमा साथ दिनेहरुको संख्या बढ्दै गएकाले मृत्यु संकार छोट्यान आवश्यक देखिएकोले उक्त कार्यले समुदायले संस्कार शुधार गरेको स्थानीय गणेश बिकले बताउँनुभयो ।
हिन्दु धर्मशास्त्रको सूक्ष्म अध्ययन पछि आफूहरुले आठ दिनको काजक्रिया सम्पन्न गर्ने शास्त्र छ भन्ने आवाज उठाउन अति आवश्यक र कर्ताको जजमानको सुख नै आफहरु रहेको भन्ने निष्कर्ष निकालिएर काठमाण्डौमा काजक्रिया गर्न आएको पुरोहित राजीव पौडलले आठदिनमा मृत्यु संस्कारको काज क्रिया समापन गरेको बताउँनुभयो ।

परम्परागत हिन्दु संस्कारको काजक्रिया विरोधमा नभई सुधार तथा संरक्षण र रक्षाको हेतुले गरिएकोमा जोड स्थानीयले जोड दिएका थिए । हिन्दु धर्मले कसैलाई वाध्य बनाउने नगरेको उल्लेख गर्दै शुरुमा केही असजिलो अवस्था भएपनि विस्तारै संस्कार सुधार सामान्य बन्दै जाने र सवैले सहज रुपमा मृत्यु संस्कार गर्ने स्थानीय धैबुङ्ग गाविस १ का पुष्पराज न्यौपानेले बताउँनुभयो ।

यस्तो काजक्रियाको अभियान आवश्यक रहेकोे तर कसले कहाँबाट सुरु हुन्छ भन्ने हेरिरहेका र यसले समाजमा सकारात्मक सन्देश जानुका साथै हिन्दु धर्म संस्कृतिको रक्षामा बल पुग्ने विश्वास गरेको स्थानीय अर्जुन देवकोटाले बताउँनुभयो ।

सामाजिक परिस्थिति, चेतनाको विकास र नेपाली हिन्दुहरुको भावनालाई समेत मध्येनजर गरी पाँच वा आठ दिनमा काजक्रियाको समयाबधि छोटो पार्नु उपयुक्त मान्नुपर्ने बहसको आवश्यक रहेको यसले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नु हुन्छ स्थानीय शिक्षक अर्जुन देवकोटाले बताउँनुभयो ।

यस अघि ५ औ दिनका दिन पनि माओवादी केन्द्रका केन्द्रीय तथा जिल्ला नेताहरुको समेत उपस्थितीमा सम्पन्न शोक सभामा पनि मृत्यु संस्कार सुधार गर्नु पर्ने मृतकका परिवार तथा नेताहरूले बताउँदै आएका थिए । सभामा केन्द्रीय नेता नारायण दाहाल हित व तमाङ बिमला सुवेदी हिरानाथ खतिवडा लगाएतका नेताहरूको उपस्थिती रहेको थियो ।

Comments

comments