आफूले संरक्षण गरेका रूख सहज उपयोग गर्न पाउने

IMG_6517

रसुवा, असोज ९ गते । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा आफ्नो स्वामित्वमा रहेको जग्गामा पर्ने  र आफूले संरक्षण गरेका रूख सहजरूपले निर्वाध घरायसि प्रयाेजनमा उपयोग गर्न पाइने भएको छ ।

यस अघि निकुञ्जका कर्मचारीले निजी जग्गामा रुख काट्न पनि अनुमति लिने झण्झट गरेको गुनासो आएको थियो । कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी अधिकारीले अहिले पनि धुन्चे धाएर अनुमति लिनुपर्ने कुराले जनताले दुःख पाएको बताउनुभयो । निजी जग्गामा रहेका रूख घरेलु प्रयोजनका लागि सहजरूपले उपयोग गर्न पाउनुपर्ने जनप्रतिनिधिको मागलाई सम्बोधन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले निजी स्वामित्वमा रहेका रूख प्रयोग गर्न नजिकको निकुञ्जको पोष्टलाई जानकारी दिइ कटानी तथा उपभोगमा सहज पारिएको जानकारी दिनुभयो । अब नागरिकले आफूले संरक्षण गरेका रूख सहज उपयोग गर्न पाउने भएका छन् । IMG_6520

संबाद समुहले आयोजना गरेको छलफलमा उहाँले आफ्नो बारीको वनस्पति रूख कटान गर्न जमिनको नक्सा, जग्गाधनी प्रमाण पूर्जाको फोटोकपीसहित लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा निवेदन दिएर वन प्राविधिकद्वारा स्थलगतरूपमा परीक्षण गर्नुपर्ने झण्झटिलो परिपाटी अन्तः गर्दै निकुञ्ज प्रमुखले गरेको घोषणा स्वागतयोग्य भएको संबाद समूहले जनाएको छ ।

उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्रराज लम्सालले जनतालाइ वन्यजन्तुले दःुख दिएको बताउँदै निकुञ्जले मानवले भोगेको समस्या न्युनिकरण गर्न निकुञ्ज र वनले कार्यक्रम र योजना बनाउनु पर्छ । कार्यन्वयन गर्न हामी स्थानीय तथा सवै सरकारका तहसम्म छलफल गरेर समाधान निकाल्न अनुरोध गर्नुभयो ।

जिल्ला समन्वय समिति सदस्य चित्रकुमारी भट्ट न्यौपानेले बादरले मानव बस्ती उजाड बनाउन लागेको र मान्छेले बाँदर मारेमा कारबाही हुन्छ बाँदर मारे के हुन्छ ? कालिका गाउँपालिकाको घर घरमा पसेर बाँदरले अन्नपात नष्ट गरेर हैरान पारेको बताउनुभयाे ।
कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले निकुञ्जको कानुन संशोधन गर्नुपर्ने , गाउँमा जटिल समस्या छ हामीले केही निर्णय गरेर पठाउने हो कि के गर्नु पर्छ हामी तयार छौं । मध्यवर्ती क्षेत्र घोषणा पछि जंगल र वन्यजन्तु बढेको छ । निकुञ्जले दिने ५÷७ हजार रुपियाँ राहतले पनि थेग्दैन । जग्गामा अब घाँसमात्र खेती गरेर बाख्रापालन गर्ने कि बिकल्प के गर्ने ? सरकारले जग्गा बाँझो राख्न नहँुने भनेको छ तर वन्यजन्तु (दुम्सी, बँदेल, मृग, भालु र बाँदर)ले दुःख दिनाले गर्दा बाँझो राख्नुपर्ने बाध्यता छ । छलफल गर्न हामी तयार छौं । समस्याको समाधान होस् । बाली बिमा गर्ने कि समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
नौकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बाँदर र भालुले दुख दिएको ,आखर्कमा भालुले ३ जना घाईते पारेको छ । सामुदायिक वन र मध्यवर्तीमा छलफल गरेर मृग र बँदेलले कोदो सखाप परेको छ । नौकुण्ड ३ र ४ बाट गाउापालिकामा निवेदन नै आयो कसरी समस्या समाधान गर्ने । वन जति जोगायो उति नै वन्य जन्तुले दुख दिएको बताउनुभयो ।

ब्राबलका किसान ढिण्डुप लामाले बँदेल, बाँदरलगायत वन्यजन्तुले हैरानी गरेपछि खेतीबाली जाेगाउन रातभर जागा बस्नु पर्ने अवस्था अाएकाे बताउनुभयाे ।  खेतबारीको बहानामा जङ्गलको रूख कटानी हुनसक्ने आशङ्कामा कार्यालयको आन्तरिक हिसाबले राखेको प्रावधान हटाइएको र घर गोठ बनाउन बाहेक बिक्री वितरणका लागि पठाइने हो भने मूल्य अभिवृद्वि कर भ्याट अनिवार्य तिर्नुपर्ने प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो । उहाँले थप संबाद गरेर अघि बढ्ने वचन पनि दिनुभयाे । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले गम्भिर विषय भएकाेले छलफल गरेर निकास निकाल्न सवै क्षेत्र लाग्नु पर्ने बताउनुभयाे ।

गाउँगाउँमा जंगली जनावरले मानिस, घरपालुवा जन्तु र खेतीमा क्षति गरेकाे गुनासाे अाएपछि संबाद समूहले जिल्ला तहमा छलफल गरेकाे हाे । यस वर्ष नाैकुण्ड, अामाछाेदिङमाे गाउँमालिकामा मानिसलाइ जंगली जनावरले घाइते पारेकाे  थियाे । उत्तरगया गाउँपालिका उपेन्द्रराज लम्सालले नीतिगत तवरबाट समस्या हल हुनुपर्ने बताउनुभयाे ।

नीतिगतरूपमा घाइतेकाे उपचार गर्ने व्यवस्था रहेकाे र बाँदरले बाली नष्ट गरेकाे क्षतिपुर्ती दिने व्यवस्था भने छैन तर बढि बाँदरले नै क्षति गरेकाे नाैकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङ्बो घलेले बताउनुभयाे । नीतिगत रूपमा नै व्यवस्था गर्ने प्रतिवद्दता हुनुपर्ने छलपफल भएकाे थियाे ।  गोसाईकुण्ड गाउापालिका ५ ब्राबल का किसान ढिण्डुप तामाङले  निकुञ्जको नियमले दुख पाएको , वन्यजन्तुले बाली खाएर तामाङ जनता भोकै पर्ने अहिले त बसाइ जानुपर्ने भो । निकुञ्जले तथ्य बुझेर काम गरिदिनु पर्छ नत्र हामी सिरक ओढेर निकुञ्जको कार्यालयको आँगनमा आउने छौं उहाँले भन्नुभयो ।IMG_6524

जङ्गली जनावरको आक्रमण रोकी किसानले लगाएका अन्नबाली कसरी संरक्षण गर्ने भन्ने एक अन्तरक्रियामार्फत जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, उत्तरगयाका उपेन्द्रराज लम्साल, कालिकाका सीताकुमारी अधिकारी, नौकुण्डका नुर्पुसाङ्बो घले, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, जिल्ला समन्वय सदस्यहरुलगायत जनप्रतिनिधी समेतको रोहवरमा प्रमुख संरक्षण अधिकृत रानाले आवादी जमिनको रूख सहजरूपले उपभोग गर्न पाउने बताउँनुभएको थियो । छलफलबाट पुन संबाद गरी जंगली जनावर र मावनबीचको सहअस्तित्व कायम गर्न बाँदरलगायत वन्यजन्तुले गरेको क्षतिपूर्ति तथा क्षति न्युनिकरणका लागि नीति निर्माण तहसम्म पहल गरी समस्या समाधान गर्ने छलफल भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउँनुभयो । कार्यक्रममा नागरिकसमाज, पत्रकार संबाद अभियान्ता, जनप्रतिनिधी, कर्मचारी सहभागि थिए ।

Comments

comments