आयआर्जनका लागि बाख्रा बिररण

रसुवा, रसुवाको उत्तरगया गाउँपालिकाका ५ वटै वडामा बाख्रा वितरण गरिएको छ । सामुदायिकविकास केन्द्र, नेपालबाट सञ्चालित डिएफआइडीको आर्थिक सहयोग र मटम्याक डोनाल्डमाको व्यवस्थापनमा रसुवाको नौकुण्ड र उत्तरगया गापामा होप परियोजना अन्र्तगत व्यवसायिक बाख्रा लागि एकल महिला, जेष्ठ नागरिक, अपाङ्ग, विपन्न नागरिकलाई व्यवसायिक रुपमा बाख्रपालनका लागि प्रत्येकलाई दुई– दुई वटाका दरले २६ जना उद्यमीहरुलाई बाख्रा वितरण गरिएको हो ।

उत्तरगया वडा नं. १ मा ४ जनालाई, वडा नं. २ मा ४ जनालाई, वडा नं. ३ मा ५ जनालाई, वडा नं. ४ मा ७ जनालाई र वडा नं. ५ मा ६ जनालाई गरी कुल २६ जनालाई दुई दुई वटा बाख्रा गरी जम्मा ५२ वटा बाख्रा वितरण भएको छ । सामुदायिक विकास केन्द्र, नेपालले होप परियोजना अन्र्तगत ४ दिने उद्यमशिलता विकास तालिम अनुसार जिविकोपार्जनमा सहयोग पुयाउने उद्देश्यले सञ्चालित कार्यक्रमबाट छनौट भएको व्यवसायिकलाई शुरुवात र थप टेवापुयाउने उद्देश्यले प्रत्येक उद्यमीलाई २ /२ वटा बाख्रा वितरण गरिएको हो ।

बाख्रा खरिद कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउनको लागि सम्बन्धित क्षेत्रका जनप्रतिनिधीको संयोजकत्वमा, स्थानीय पशु प्राविधिक, बाख्रापालन गर्ने उद्यमीहरु मध्येबाट र परियोजनाको कर्मचारीहरु समेतको संलग्नतामा बाख्रा खरिद समिति गठन गरी प्रत्येक वडामा संकलित स्थानीय जातका बाख्राहरु नै खरिद गरी लाभग्राहीहरुलाई वितरण गरिएको हो ।

वितरण गरीएको बाख्रालाई ७ दिन भित्रमा गाउँपालिकाको पशु सेवा शाखा प्राविधिकसँग समन्वय गरी बाख्राको वीमा गर्नुपर्ने प्राविधिक कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । यो परियोजनाले अन्य जिल्लालगायत रसुवाको नौकुण्ड र उत्तरगया गाउँपालिकामा दिगो विकास अन्र्तगत सीपमूलक तालिमलगायतका काम गरीरहेको सामूदायिक विकास केन्द्र नेपालका श्याम पौडेलले बताए । सो कार्यक्रममा अध्यक्ष केशरबहादुर बुलुन वडा सदस्य दयाराम आर्चाय, पशु सेवा प्राविधिक कृष्णप्रसाद न्यौपाने, वडा सदस्य कृष्णकुमारी भूषाल, सामूदायिक विकास केन्द्र नेपालका श्याम पौडेल, रामहरी घिमिरे, रामशरण मिजार, राजकुमार श्रेष्ठ, होमप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।

Comments

comments