आयोजना ‘प्रभावित बासिन्दा’ को मागको समर्थन

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

रसुवा, जेठ १८ गते । रसुवामा निर्माणाधिन २१६ मेघवाट क्षमताकाेमाथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले उठाएको जायज मागलाई सर्मथन गर्दै विप्लव सम्बद्द नेपाल कम्युनिष्ट पार्टीले प्रेस विज्ञप्ती जारी गरेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाले उठाएका न्यायिक र जायज मागहरु सहितको आन्दोलनलाई समर्थन गर्दै पाटीेको जिल्ला समितिले पाँच बुँदे धारणा प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो । प्रभावित क्षेत्रका बासिन्दालाई विना सर्त जग्गाको उचित मुआब्जा वितरण गर्नुपर्ने, स्थानीयलाई रोजगारीको सुनिश्चतता हुन पर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई निशुल्क सेयर उपलब्ध गराउनु पर्ने माग राखिएको छ ।

त्यसैगरी प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतको कामकार्वाहीमा निश्चित वजेटको अथवा बास्केट फन्टको व्यवस्था गर्नुपर्ने र आयोजनाका कारणविस्थापित परिवारलाई उचित स्थानमा बस्तीको व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने माग गरिएको छ

Comments

comments