आर्थिक पारदर्शीता र निष्पक्ष विकास आवश्यक : गाउँपालिका प्रमुख अधिकारी

IMG_5694

रसुवा साउन ३० गते । अनुदान पारदर्शीता हुनुपर्ने तथा निस्पक्ष विकासमा जोड् दिनुपर्ने कालिका गाउँपालिका प्रमुख  सिताकुमारी अधिकारीले बताउनुभयो । ०७६ साउन ३० गते भएको कालिका गाउँपालिकाको सार्वजनिक सुनुवाईमा प्रमुख अधिकारीले गाउँपालिकाले गत आर्थिक वर्षमा फर्निचर खरिदमा अनियमितता भएको विषयमा समेत जोड्दिनुभयो ।IMG_5694

मानअधिकार तथा सामुदायिक विकास स्रोत केन्द्रका विश्वास नेपालीले सहजिकरण गर्नुभएको सुनुवाईमा गाउँपालिका प्रमुख  सिता अधिकारीले विवेकशील साझा पार्टीका रसुवा जिल्ला अध्यक्ष समेत रहेका प्रेमप्रसाद पौडेलको गोसाइकुण्ड फ्लोरिङ्ग एण्ड फर्निसिङ्ग सेन्टर स्वयम्भुबाट गत आवमा ५ लाख रुपिायाँको फर्निचर खरिद भएको र अर्डर गरे भन्दा फरक टेबुल पठाई ३० प्रतिसत कमिसनमा सामग्री खरिद भएको थाहापाएपछि ७ महिना अघिदेखि सो रकम फिर्ता मागेको र पठाउने भनेपनि हालसम्म नपठाएको बताउनुभयो । ‘ फर्निचर खरिद गरेर १ लाख ७५ हजार रुपैयाँ तत्कालिन प्रमुख प्रशासकीय प्रमुख मोहन कुमार श्रेष्ठले कमिसन खान खोजेको रहेछ, सो रकम गाउँपालिकामा फिर्ता गर्छु भनेपनि पौडेलले हालसम्म गरेनन् ’ प्रमुख अधिकारीले भन्नुभयो रकम गाउँपालिकामा फिर्ता नगरेसम्म छाड्ने छैन उहाँले बताउनुभयो ।

उहाँले कालिका गाउँपालिकालाई भ्रष्टाचार मुक्त हुने गरी काम गर्ने बताउनुभयो । गाउँपालिका उपप्रमुख भवानीप्रसाद न्यौपानेले जिल्लामा रहेका बिर्ता, भूमिहीन, सुकुमवासी लगायतका समस्याहरु समाधान गर्न स्थानीय तह अघि बढेको बताउनुभयो । भूकम्प प्रभावितको निजी आवास निर्माणमा छुटेका वास्तविकको नाम सिफारिस गरिएको बताउनुभयो । संसदमा भूमि ऐन २०२१ को आठौं संशोधनबाट रसुवाका भूमिका समस्याहरु समेटिने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य अर्जुनप्रसाद पौडेल,वडा अध्यक्षहरु पुष्पराज न्यौपाने, बिक्रम लोप्चन, मालफुर्पा तामाङ, रामहरि देवकोटा, मंगलमान थिङ तामाङले मन्तव्य दिनुभयो ।IMG_5680

कार्यक्रममा सहभागी कुलप्रसाद लामिछानेले कालिका २ बजार क्षेत्रमा सडक बत्ती योजना अनुसार काम नभएको र फोहोर व्यवस्थापनको कुरा कहाँ पुग्यो भन्ने प्रश्न गर्नुभयो । कालिका ५ का तारानाथ पौडेलले प्रदेश सरकारले धोबीखोलामा आरसिसि ढलान गर्ने भनेपनि त्यहाँ तारजाली इष्टिमेट परिवर्तन गरी ५३ लाख रुपैयाँ सकेको लापरबाही तरिकाको विकास भएको र यस्तो तरिकाले कसरी विकास हुन्छ भन्ने प्रश्न गर्नुभयो । रुद्रप्रसाद ओझाले बजारको पछिबाट ११ हजार केभी प्रशारण लाईन रहेकोले २०/३० परिवार खतरामा परेको विषयमा निवेदन दिएको के पहल भयो भन्ने प्रश्न गर्नुभयो । कालिका -३ का भवनाथ नयौपानेले सडकका छेउमा फलफुलका बिरुवाहरु रापिएको तर रोपेको बिरुवा छैनन तराइबाट ल्याएको बिरुवाहरु पनि मरेकोले स्थानीय नर्सरीमा हुर्केका बिरुवा बितरण गर्न आवश्यक भएको बताउँनुभयो ।

68548871_2329820923898924_6274869884274868224_o

कालिका २ का कृष्णबहादुर मोक्तानले किसानले गरेको खेती बालीमा बाँदरले खाने र क्षती गर्ने कारण आतंक मच्चिएकोले बाँदर नियन्त्रणका लागि बिकलप खोज्न आग्रह गर्दै सिचाई योजना राम्रो नभएको र बिर्ता समस्या समाधानका लागि के योजना बनेको छ ? बिरुवा बितरणमा कृषि शाखाले लापरवाही गरेको बताउँनुभयो । जिल्ला भूमिअधिकार मञ्चका उपाध्यक्ष टंकलबहादर नगरकोटीले कालिका -२ काभ्रेमा भूमिघर निर्माण गर्न गाउँपालिका र वडाले वजेट विनियोजन नगरेको यसवर्ष के योजना छ भन्ने प्रश्न गर्नुभयो । उहाँले धोबीखोला खानेपानीको पाईपमा खिया परेको र पानी पिउन नहुने भएको बताउँनुभयो । राष्ट्रिय बाणिज्य बैकका डम्बर रोकायले कालिकास्थानमा बैक खोलेको १ वर्ष भएपनि आफ्नो शाखाबाट सरकारी कारोवार सुरु नभएको र स्थानीय तहले कार्यक्रम दिनुपर्छ ।

कालिका २ का जीवप्रसाद न्यौपानेले पासाङल्हामु सडकले नागरिकको १५ /१५मिटरको अवधारणाले पीडित भएको बताउनुभयो । उहाँले यस्ता सामाजिक समस्या समाधानका लागि गाउँपालिकाले पहल लिनुपर्ने बताउनुभयो । कालिका गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधीहरु तथा लेखा अधिकृत बाचस्पत्ती सुनुवार, नेकपा कालिका गाउँपालिका कमिटी अध्यक्ष अर्जुन देवकोटा, शिक्षा शाखा प्रमुख बासुदेव लामिछाने, प्रधानमन्त्री स्वरोजगार कोषका रिज भट्ट, स्वास्थ्य शाखा प्रमुख नारायण पौडेल, कृषि शाखाका सिता पौडेललगायतले प्रश्नको जवाफ दिनुभयो ।

67937173_2329870067227343_2906911780934516736_o

Comments

comments