आशा परियोजना र सरोकारवाला अभिमूखीकरण सम्पन्न

DSC_0035

रसुवा, जिल्लाको उत्तरगया र नौकुण्ड गाउँ पालिकामा पुर्ननिर्माणको प्रयासलाई सहयोग पुरयाउने तथा अति जोखिममा रहेका एकल महिला, ज्येष्ठ नागरिक, अपाङगता भएका व्यक्ति, असहाय, अशक्त तथा अति गरिब , विपन्नहरुको खाद्य सुरक्षामा सुधार र उनीहरूको सेवा सुविधामा पहुँच अभिवृद्धि गर्ने उद्देश्य आशा परियोजना र सरोकारवाला अभिमूखीकरण सम्पन्न भयाे ।

परियाेजनाकाे सहित मट म्याकडोनाल्ड र डिएफआईडीको आर्थिक सहयोग एवं सामूदायिक विकास केन्द्र नुवाकोट र यसका साझेदार संस्थाहरु लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज एवं सामूदायिक तथा ग्रामीण विकास समाज नेपालको संयक्त आयोजनामा संचालित आशा परियोजना ( Helping People Overcome Earthquake Impact (HOPE) को सरोकारवालाहरु स्तरीय अभिमुखीकरण जिल्लाको नौकुण्ड र उत्तरगया गाउँपालिकामा ०७५ माघ १३ र १४ गते सम्पन्न भएकाे हाे ।

नौकुण्ड गाउँपालिकामा भएको अभिमुखीकरणमा गाउँपालिका अध्यक्ष नोर्पुस्याङ्बो लामाको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुखको प्रमुख कुलप्रसाद भट्टको प्रमुख आतिथ्यता एवं प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल र गाउँपालिका उपाध्यक्ष सिर्जना लामा, वडाध्यक्ष, गाउँकार्यपालिका सदस्य र विषयगत शाखाका संयोजकहरूलगायत जिल्ला स्तरीय तथा गाउँपालिका स्तरीय सराकोरवालाहरुको उपस्थित थिए ।

अभिमूखीकरणमा कार्यक्रमको विस्तृत प्रस्तुतिकरण पश्चात गाउँपालिकाले परियोजनासँग मिल्ने विभिन्न गतिविधिहरु योजना गरी कार्यान्वयन गरिरहेको साथै कार्यक्रम संचालन प्रक्रियामा सहकार्य गर्नु पर्नेमा जोड् दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि सहित प्रमुख जिल्ला अधिकारीले कार्यक्रम राम्रो रहेको तर यसको प्रभावमा पनका लागि तथ्य परक रुपमा कार्यान्वयन गर्नुपर्ने पक्षमाजोड् दिएका थिए । कार्यक्रमका अध्यक्षले कार्यक्रम संचालन प्रक्रियामा स्थानीय सरकारले भरपुर रुपमा सहयोग गर्ने तर परिणाम दिनुपर्ने कुरामा सल्लाह दिनुभएको थियो । अभिमुखीकरण कार्यक्रमका सहभागीहरूलाई स्वागत मन्तव्य सामुदायिक तथा ग्रामीण विकास समाज नेपालका अध्यक्ष पदम उप्रेतीले गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष नारायणप्रसाद नेपालले सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यसै गरी उत्तरगया गाउँपालिका प्रमुखप्र शासकीय अधिकृत सन्तबहादुर खत्रीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङको विशेष आतिथ्यमा भएको अभिमुखीकरणमा सहभागीहरूले तथ्यांक संकलन तथ्यपरक, वस्तुपरक तथा प्रत्येक घरधुरीको सूचना संकलन गर्नुपर्नेमा जोड् दिएका थिए । सहभागीहरूले आशा परियोजनाले पक्कै पनि जोखिममा रहेका समुदायको जीविकोपार्जन तथा पुर्ननिर्माणमा थप सहयोग गर्ने अपेक्षा रहेको बताएका थिए ।

कार्यक्रममा वोल्दै विशेष अतिथी गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले कार्यक्रम कार्यान्वयन प्रक्रियामा समन्वय र सहकार्य तथा सह अस्तित्वलाई प्रभावकारी रुपमा लिन सल्लाह दिए । कार्यक्रममा वडा अध्यक्षहरुले समेत वडास्तरीय समन्वय र सहकार्यलाई जोड दिएका थिए । कार्यक्रमका अध्यक्षले कार्यक्रम संचालन प्रक्रिया पारदर्शी तथा जवाफदेही रुपमा कार्यान्वयन गर्न पृष्ठ पोषण प्रदान गर्नुभएको थियो । कार्यक्रममा स्वागतमन्तब्य सामूदायिक तथा ग्रामीण विकास समाज नेपालका कोषाध्यक्ष यशोदा खतिवडाले गरेका थिए ।

अभिमूखीकरण कार्यक्रममा दुवै गाउँ पालिका तथा स्थानीय सरोेकारवालाहरूबाट कार्यक्रममा दोहोरोपना हुन नदिनध्यान दिनुपर्ने साथै सूचना संकलनलाई तथ्य परक र वस्तुपरक बनाउन विशेष सुझाव प्राप्त भएको थियो । यसका अभिमूखीकरण कार्यक्रमको प्रस्तुतिकरण आशा परियोजनाका कार्यक्रम व्यवस्थापक कर्णबहादुर नेपालीले गर्नुभएको थियो भने संचालन जीविकोपाजर्नन संयोजक श्याम पौडेलले गरेका थिए । सहयोगी निकायको तर्फबाट मट म्याकडोनाल्डका जिल्ला संयोजक चन्द्र आलेलगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Comments

comments