ईन्सेक र थाईल्याड भोलेन्टिएरद्वारा भूकम्प पीडितको घर निर्माण

IMG_6125

TVS
कालिकास्थान , रसुवा
आनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक ) र थाई भोलेन्टियर सर्भिस (टिभिएस) को सहयोगमा विनाशकारी भूकम्पबाट पीडित लहरेपौवा गाविस ४ कर्मीडाडाँका चार दलित परिवारको परिवारको घर निर्माण गरेको छ ।

०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त घरमध्ये थाई भोलेल्टियर्स तथा ईन्सेकले स्थानीयको सहयोग र समन्वयमा ०७२ असोज २४ देखि लहरेपौवा गाविस –४ कर्मीडाडाँका विनाशकारी भूकम्प पीडित १५ घर दलित समूदायमा छलफल गरी छनौट पछि चारवटा परिवारको परिवारको घर निर्माण गरिएको हो ।
लहरेपौवा गाविस –४ का ५६ वर्षीया सेतीमाया बिक, ४० वर्षीय बिक्रम बिक, ३४ वर्षीय अर्जुन बिक, र ३२ वर्षीय महेन्द्र बिकको ट्रष्ट तथा जस्तापाताको प्रयोग गरी अर्ध स्थायी प्रकृतिको घर निर्माण गरिएको हो ।

यस अघि ०७२ जेठ १४ गते ईन्सक तथा टिभिएसको एक टोलीले कर्मीडाडाँका दलित तथा बरीपरिका गरी ३४ घर परिवारको अवस्था बारे स्थलगत अनुगमन गरेका थिए ।
बैशाख १२ गतेका विनाशकारी भूकम्पबाट मृतक तथा घाईते परिवार र क्षतीग्रस्त घर भएका निम्न वर्गका ब्यक्तिहरूको पूर्ननिर्माण अन्तर्गत भग्नावशेष पन्छाएर , ट्रष्ट र जस्तापाता प्रयोग गरी अर्ध स्थायी प्रकृतिको घर निर्माण सम्पन्न गरी स्थानीय तीस परिवारमा सिरक १ ,चामाल १० कीलो, तेल १ लिटर, मैनबत्ती, चाउचाउ, बिस्कुट लगायतका सामाग्रीहरु एक कार्यक्रमका बीच बितरण गरेका थिए ।

IMG_6125
स्थानीयवासीले आफ्नो गाउँमा सहयोग गरेककोमा धन्यवाद दिदैं आमागी दिनमा समेत समूदायको सहयोगमा जुट्न अनुरोध गर्दै थाईल्याण्डबाट आएका स्वयम्सेवकहरू तथा ईन्सेकका रसुवा जिल्ला प्रतिनिधी हेमनाथ खतिवडालाई फुलमाला र अबिरल लगाएर बिधाई गरेका थिए । बिधाईका अवसरमा स्थानीय मनवीर बिक, मदन बिक, झवराज न्यौापाने, लीलानाथ न्यौपाने , ईन्सेकका जिल्ला प्रतिनिधीलगायत स्थानीयको सहभागिता रहेको थियो ।

Comments

comments