उक्लिन्छन्-अाेर्लिन्छन्

phurpa Tamang 2012

फुर्पा तमाङ

कुरै कुरा गरेर
माथि माथि उक्लिने
र, मन्त्री-प्रधानमन्त्री हुने गर्छन्
हाँसी-खुसी कुर्सीमा चढ्छन्
कुरा गर्ने सीप चाहिएकाे छ
अाश्वसन दिन जान्नु पर्छ
उक्लिनु र अाेर्लनु पदीय सुखदुःख हाे
घामछाया जस्तै
पद घुमिरहन्छन्-म्युजिकल चियर्स झैं
नेता र खेलाडी एउटै लाग्ने
पद र फुटबल उस्तै
जान्नेले खेल्न सक्छन्
बढी जान्नेले ह्याट्रिक गर्छन्
मैदानमा देखिने राैनक
तपाईं-हामी दर्शक
देशले फेरि नयाँ प्रधानमन्त्री पायाे
के शुभकामना दिउँ?
पहिले पनि दिएकै हाे
त्याे काम लागेन
हाम्राे पीडा जस्ताकाे तस्तै
गाउँ जाँदा साेध्छन्
भूकम्पले भत्काएकाे घर कहिले बन्छ?
पानी मुहान कहिले जाेड्छ?
अादि अादि
म नाजवाफ हुन्छु
किन भने सरकार कुरा गर्छन्
काम गर्दैनन्
जनता हामी भुक्तभाेगी
देश हाँक्ने कान चिरेका जाेगी।।

 रसुवा, २०७३.४.२०

Comments

comments