उच्च स्तरिय टोलीद्धारा नाकाको अवलोकन सम्पन्न

Rasuwagadhi naka ma Mantri

धुन्चे, रसुवा

उपप्रधानमन्त्री विजय कुमार गच्छदार र अर्थमन्त्री विष्णु पौडेल सहितको उच्च अधिकारीहरूको टोलीले शुक्रबार रसुवागढी केरूङ नाका सम्मको बाटोको अवलोकन गरेको छ ।

उच्च सरकारी अधिकारीहरुको टोलीले गल्छीदेखि रसुवागढीसम्मको बाटोको हवाईमार्फत अवलोकन गरेको हो । बाटोको निरिक्षण पछि अर्थमन्त्री बिष्णु पौडेलले गल्छीदेखि रसुवागढीसम्मको बाटोको स्तरोन्नती गरी २ लेनको बनाउन आबश्य रहेको हुँदा सम्बन्धित निकायका व्यक्तिहरुसँग छलफल गरि छिटो भन्दा छिटो छोटो प्रक्रियाबाट अगाडि बढाईने बताए । उनले भने चिनसँगको व्यापारिक सम्बन्धका लागि अन्य नाकाको तुलनामा यो नाका उच्च प्राथमिकतामा रहेको हुदा हामि चाडै नै व्यवस्थीत बनाउछौ ।

उहाले चीनसँगको व्यापारको लागि यो मार्गलाई महत्वका साथ हेरिएको हुदाँ भन्सार पोष्ट सुधार लगायतमा पनि सरकारले उपयुक्त निर्णय लिने बताएका छन । यस्तै उपप्रधान एव्म भौतिक पुर्वाधार तथा यातायात मन्त्री बिजयकुमार गच्छदारले पनि चिनसगँको व्यापारका लागि यो नाका उच्च प्राथमिकताका साथ राखिएको हुँदा व्यवस्थित बनाउन प्रक्रिया अगाडि बढाईने बताउनुभयो ।

उपप्धान मन्त्री गच्छदारले भारतसँगको सम्बन्ध चिस्सीएको बताउदै भारत सँगको सम्बन्ध सुधार गर्न कुटनितिक बार्ता बाट समाधान गर्न सकिने बताउनुभएको छ । उहाँले देशमा ईन्धन र खाद्यान्न आपुर्तिका लागि सरकारले बैकल्पिक व्यवस्था गरिरहेको बताउनुभएको छ । उनले भने देशमा भईरहेको चरम ईन्धन र खाद्यान्न संकटलाई सरकारले बैकल्पिक व्यवस्था खोज्दैछ । चीन सरकारले पनि सहयोग गर्छु भनेको छ । व्यापारिक रुपमा यो नाकालाई उच्च प्राथमिकताका साथ सरकारले हेरेको छ । उच्च सरकारी अधिकारीहरुको टोलीले गल्छीदेखि रसुवागढीसम्मको बाटोको हवाईमार्गमार्फत अवलोकन गरेको हो । बाटोको निरिक्षण पछि अर्थमन्त्री बिष्णु पौडेलले गल्छीदेखि रसुवागढीसम्मको बाटोको स्तरोन्नती गरी २ लेनको बनाउन आबश्य रहेको हुँदा सम्बन्धित निकायका व्यक्तिहरुसँग छलफल गरि छिटो भन्दा छिटो छोटो प्रक्रियाबाट अगाडि बढाईने बताए । उनले भने चिनसँगको व्यापारिक सम्बन्धका लागि अन्य नाकाको तुलनामा यो नाका उच्च प्राथमिकतामा रहेको हुँदा चाडै नै व्यवस्थीत बनाउछौ पौडेलले भन्नुभयो ।

नाका निरिक्षणको लागि रसुवा आएको उक्त टोलीमा उप्रप्रधान एंव भौतिक पुर्वाधार तथा यातायात मन्त्री विजय कुमार गच्छदार, अर्थमन्त्री विष्णु पौडेल, अर्थसचिव लोक दर्शन रेग्मी, सडक विभागका महानिर्देशक माधव कार्की, राष्ट्रिय योजना आयोगका सहसचिव गोपी मैनाली लगायतको सहभागिता रहेको थियो । यस्तै यसअघि व्यवस्थापिका संसद विकास समिति सभापतिको नेतृत्वमा रहेको एक टोली बाटोको अवस्था अध्ययन गर्न केहि दिन अघि रसुवा आएलगत्तै आज मन्त्रीको टोली रसुवा आएको हो ।

Comments

comments