उत्कृष्ठ करदाता ढकाल सम्मानित

Janardan dha

रसुवा ३ मंसिर / रसुवाका उत्कृष्ठ करदाता सूर्यचन्द्र कन्ट्रक्सन प्रा.लिका प्रबन्ध निर्देशक जनार्दन ढकाल सम्मानित भएका छन् ।

सातौ राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजश्व कार्यालय बालाजुले सोमबार सदरमुकाम धुन्चेमा एक कार्यक्रमको आयोजना गरी ढकाललाई सम्मान गरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले दोसल्ला ओढाई सम्मानपत्रद्धारा सम्मानीत गरे ।

आर्थिक वर्ष ०७३/०७४ मा जिल्लाबाट राज्यलाई सबैभन्दा बढी आयकर तिर्नेमध्ये बाट छनौट गरि ढकाललाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय बालाजुका प्रमुख कर अधिकृत इन्द्रबहादुर देवकोटाले बताए ।

ढकालले सूर्यचन्द्र कन्ट्रक्सन प्रा.लि मार्फत  आन्तरिक राजश्व कार्यालय बालाजुलाई ३० लाख ५२ हजार आयकर तिरेका थिए । कालिका गाउँपािलका २ मा जन्मेका ढकाल रसुवाका पूर्व सांसद हुन् । उनले २०७० सालमा स‌बिधान सभा सदस्य जितेका थिए । उनले यसअघि लगातार तिन पटक जिल्लाबाट उत्कृष्ठ करदाताको सम्मान पाएका थिए ।

 “समृद्ध नेपाल, सुखी नेपालीको भर” भन्ने नारासहित सोमबार रसुवाको सदरमुकाम धुञ्चेमा आयोजित कर दिवसमा जिल्लाबाट सबैभन्दा बढी कर तिरेर पहिलो नम्बरमा परेकोले उनलाई सम्मान गरेको हो । आन्तरिक राजश्व कार्यालय बालाजु काठमाडौंले आयोजना गरेको उक्त करदात सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघ, निर्माण व्यवसायी संघ, पत्रकारहरु, वस्तुगत संघ संगठनको उपस्थितिमा कर सम्बन्धी छलफल पनि भएको थियो ।

Comments

comments