उत्तरगयाधाम जोगाउन स्थानीय सक्रिय

uttargaya

रसुवा , असार १८ गते । रसुवा र नुवाकोटको संगमस्थल धार्मिक तथा पर्यटकीय क्षेत्र बेत्रावती उत्तरगया धामको धार्मिक र साँस्कृतिक महत्व जोगाई राख्नका लागि स्थानीय सक्रियताका साथ कसिएका छन् ।

उत्तरगया धाममा बगेको पानीलाई प्रभाव पर्ने गरी जलविद्युत् कम्पनी सञ्चालन हुन लागेको विषयमा स्थानीयहरुले चासो देखाएका हुन् । बेत्रावतमिा भएको भेलाले ईश्वरलाल श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यिय संघर्ष समिति गठन गरेको छ । रसुवा जिल्ला हिन्दु कर्मकाण्ड संस्थाको आयोजनामा उत्तरगयाधाम बेत्रावतीमा भएको भेलाले बेत्रावतीमा बगेको पानीमा कमी आई बातावरणिय र धार्मिक पक्षमा पर्ने प्रभाव नियन्त्रणका लागि संघर्ष गर्ने निर्णय समेत गरेको छ ।

भेलामा स्थनीयले रसुवाको भोर्ले, धैबुङ्ग, लहरेपौवा, नुवाकोटको तुप्चे र मनकामना गाविसको मृत्यु संस्कारपछि अन्त्यष्टि गरिने घाट पनि यहि क्षेत्रमा रहेकोले जलविद्युत आयोजनाले पानी सुकाउन नहुने माग गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रसुवाका सांसद् जनार्दन ढकालले साँस्कृतिक परम्पराहरुको संरक्षणका लागि आफु सक्रिय रहने बताउँनुभएको छ । उहाँले विकास निर्माणका कार्यले परम्परालाई बचाउन पर्ने बताउँदै आयोजनाहरु निर्माण हुँदा त्यस्ता कुराहरुमा गम्भिर बन्नु पर्नेमा जोड दिनुभएकोछ । नुवाकोट र रसुवा जिल्लाका झण्डैएक दर्जन गाउँ विकास समितिको अन्तिम सँस्कार गरिने उत्तर गयाधाममा जलविद्युत् आयोजना सञ्चालन हुँदा पानी अभावले पर्ने प्रभावका विषयमा उनीहरु चिन्तित बनेका हुन्। आयोजना सञ्चालन भएपनि उत्तरगयाधाम बेत्रावतीमा हालको पानीको बहाव कायम हुनुपर्ने माग आफुहरुको रहेकोरसुवा जिल्ला हिन्दु कर्मकाण्ड संस्थाका अध्यक्ष चन्द्रशेखर लम्सालले जनाउनुभएको छ ।

ऐतिहाँसिक धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रसुवाको लहरेपौवा गाविसमा रहेको उत्तरगया क्षेत्र प्रचारप्रसार तथा प्रवद्र्धन अभावले ओझेलमा परेको छ ।

नेपालकै महत्वपूर्ण गया क्षेत्र मध्येको एक उत्तरगया क्षेत्रको महिमा इतिहासमा समेत उल्लेखित छ । भगवान श्रीरामचन्द्रको पालादेखि नेपाल चीन सन्धी भएको पौराणिक कहानी पनि छ । त्यसैले शताब्दिऔं देखिको ऐतिहासिक धार्मिक रूपले परिचित छ । ईतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाईन्छ ।

बेत्रागंगा, त्रिशूली, र फलाँखु तीन नदीको संगम स्थल पनि हो । रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्छ । स्थानीयवासीले यस क्षेत्रलाई सिंगारे पनि प्रचार प्रसार र प्रर्वद्वनको अभावमा उचित विकास हुन सकेको छैन । धार्मिक ऐतिहाँसिक तथा पौराणिक रूपमा महत्वपूर्ण मानिएपनि स्थानीय तथा सरकारी उपेक्षाले यो क्षेत्र आझेलमा परेको देखिन्छ । यो क्षेत्रको गोसाईकुण्डसँग जोडिएको छ । गोसाईकुण्ड स्नान गरेर कालिकामाई र उत्तरगया क्षेत्रको दर्शन गर्नु पर्ने पनि धार्मिक विश्वास पाईन्छ ।

यहाँ रहेको तप्त कुण्ड २०१८ सालमा फलाँखु खोलामा अएको बाढीले पुरेपछि लोप भएको हो । तत्कालीन राजा पृथ्वीनारायण शाहले गोसाईकुण्डबाट फर्कदा पितृ उद्धारको लागि श्राद्ध गरेर राममन्दिर निर्माण गरेका हुन् भन्ने कथन रहेको पाइन्छ । त्यहाँ रहेको सीताको मूति चोरी भयो । रामचन्द्रको पूजा चलाउन गुठीको स्थापना गरी रङ्गनाथ पौडेललाई तत्कालीन रामकाली गाउँ पञ्चायत गुठी दिईएको थियो ।
यहाँ वालाचर्तुदशी, पौषे औषी, रामनवमी, हरिवोधनी एकादशी,दशहरा, ऋषितर्पणी, कुशे औशी आदी पर्वमा भक्तजनहरूको भव्य मेला लाग्दछ । टाढा टाढाबाट भक्तजनहरू आएर पुजा अर्चना गर्छन् ।

नेपाल –तिव्वत बीच लडाई हुँदा वि सं १८४९ असोज १७ गते बेत्रावती सन्धी भएको स्थल पनि यही क्षेत्र भएकोले यस क्षेत्रको महत्व अझ बढेको छ । यो क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा पनि चिनिन्छ । धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण गरेर मात्र विकास निर्माणका काममा तिब्रता दिन सकिने स्थानीय बुदिजिवीहरु बताउँछन् ।

Comments

comments