उत्तरगया गाउँपालिकालाई एक लाख ५० हजार राहत काेषमा सहयोग प्रदान

20200415_144733

रसुवा, कोरोना भाईरस ( कोभीड–१९) को संक्रमणबाट विश्वभर मानव समुदायमा गम्भीर स्वास्थ्य संकट परिरहेको अवस्थामा सम्भावित जोखीमबाट सुरक्षित रहन आवतजावत, खानपान, सरसफाईलगायतका मानव स्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरूमा सचेत र संवेदनशील बन्न आमनागरिकहरूलाई अनुरोध गर्दछौ ।

दैनिक ज्यालादारी, मजदुरी गरी गुजारा गर्नुपर्ने व्यक्ति तथा बालबालिका सहित परिवारप्रतिको मानवीय संवेदनशीलतालाई दृष्टिगत गरी सहयोगका लागि उत्तरगया गाउँपालिकाले मिति २०७६।१२।२५ गते विपत व्यवस्थापन कोषमा हातेमालो गर्नको लागि आह्वान गरिएको संस्था जागृति बाल तथा युवा सरोकार नेपाल (JCYCN)/ Children of the World Netherland को तर्फबाट संयुक्त रुपमा एकलाख पचास हजार रुपैयाँ गाउँपालिकाको विपद व्यवस्थापन कोषको हिमालय बैंक बेत्रावती शाखामा जम्मा गरिएको हो । यस संस्थाले रसुवाको उत्तरगया गाउँपालिका –१, करुम¥याङमा विद्यालय भवननिर्माण र जिविकोपार्जन कार्यक्रम कारितास जर्मनीको सहयोगमा सञ्चालनगर्दै आईरहेको संस्थाले बिज्ञप्ति मार्फत जनाएकाे छ ।

संस्थाले कोरोना भाईरस ( कोभीड–१९) को संक्रमणबाट विश्वभर मानव समुदायमा गम्भीर स्वास्थ्य संकट परिरहेको अवस्थामा सम्भावित जोखीमबाट सुरक्षित रहन आवतजावत, खानपान, सरसफाईलगायतकामानव स्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरूमा सचेत र संवेदनशिल बन्न आमनागरिकहरूलाई अनुरोध समेत गर्दै   विपद्को घडीमा बालबालिका, किशोरीहरू र गर्भवती महिला, बालगृह, सुधार गृहमा रहेका बालबालिका तथा जेष्ठ नागरिकहरूलाई प्रथम प्राथमिकतामा राखी स्वास्थ्य उपचार र खाद्यान्नको व्यवस्थापनको लागि समेत अनुरोध गर्दै उनीहरूमा हुन सक्ने हिंसा, दुर्यवहार समेत संरक्षणको लागि उचित पहलको समेत आह्वान गरेको संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।

Comments

comments