उत्तरगया ४ को सार्वजनिक सुनुवाई सम्पन्न

67884733_489366828525719_1549208962958622720_o

साउन २८ गते । रसुवाको उत्तरगया गाउँपालिका वडा नं ४ को वडा कार्यलय कर्मिडाँडामा सार्वजनिक सुनुवाई कार्यक्रम कर्मीडाडा स्वास्थ्य चाैकीमा सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक वर्ष ०७५/०७६ मा उत्तरगया गाउँपालिका वडा नं ४ बाट सम्पादन गरिएको विभिन्न कार्यक्रमहरुको बारेमा समीक्षा गरिएको थियो । कार्यक्रममा कृषि शाखाको सन्तोषी आर्चायले कृषि विकासबाट भएका कार्यक्रमहरुको विवरण ,पशु शाखाको उद्धब पौडेलले पशु पन्क्षीमा भएको कार्यक्रमको विवरण र लहरेपौवा स्वास्थ्य चौकीका भवानी पोखरेलले स्वास्थ्यमा भएको कार्यक्रमको विवरणहरुको समीक्षा गर्नुभएको थियो । आर्थिक वर्ष०७५/०७६ मा सम्झौता गरिएका र सम्पन्न भएका योजनाहरुको बारेमा वडा सचिव सन्दिप चोङबाङले प्रस्तुत गर्नुभएको थियो ।67810542_489373045191764_8446462661176066048_o

वडा नं ४ को वडा अध्यक्ष केशर बहादुर बुलुनको अध्यक्षतामा सम्पन्न भएको  अ कार्यक्रम गतवर्ष सम्झौता गरिएका र सम्पन्न भएका २५ वटा योजनाको कुल बजेट रकम रु १ करोड ६३लाख ८८ हजार रूपिया , विद्यालयमा  पोशाक वितरण ३ वटा विद्यालयमा रु ४लाख ४३ हजार विनियोजन गरिएको थियो । ०७५ /०७६ मा संकलन भएको राजस्व रु २ लाख,११ हजार२५ रुपैया, व्यक्तिगत घटना दर्ता तर्फ जन्म दर्ता जम्मा ७३, मृत्यु दर्ता १३, बिवाह दर्ता २९,बसाइसराई दर्ता २ गरी  जम्मा १२० व्यक्तिगत घटना दर्ता भएको जानकारी दिइएकाे थियाे ।

कार्यक्रममा वडा सदस्यहरु, नागरिकहरु , प्रमुख अतिथी उत्तरगया गाउँपालिको उपप्रमुख चमेली गुरुङ ,प्रशासकीय अधिकृत बसन्तबहादुर खत्री ,वडाका कर्मचारीहरु , संघ सस्थाका प्रतिनिधिहरु , प्रहरी र पत्रकारहरु उपस्थिति थिए  । कार्यक्रममा स्थानीय समाजसेवी मनवीर कामी, सन्ताेष वुलुन , गम्भीरमान लाे , पुतली बिकलगायतले प्रश्न गरेका  थिए । 68409877_489366755192393_440240470031859712_o

 

Comments

comments