उद्यम विकास सहजकर्ता सङ्गठित ,अध्यक्षमा गाैरव सापकाेटा

edf

रसुवा , साउन २६ गते । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद ( सिटिइभिटी ) बाट उद्यम विकास सहजकर्ता अध्ययन गरेका सहजकर्ताहरू सङ्गठित भएका छन् । रसुवाका सहजकर्ता भेलाले अध्यक्षमा गाैरव सापकाेटालाइ चयन गरेकाे छ ।

उद्यम विकास सहजकर्ताहरूकाे उचित व्यवस्थापन गरी विभिन्न गैरसरकारी सस्थाले गरेको अनियन्त्रित कार्यहरु न्युन गरी जिल्लामा रहेका धेरै उद्यमीहरुले व्यावसायिक योजना तयारका लागि अनावश्यक शुल्क तिर्नु परेकाे अवस्थामा  उचित शुल्कमा व्यावसायिक योजना बनाउने काममा सहयोग गर्नका तथा व्यवसायिक एकताका  लागि रसुवाका उद्यम विकास सहजकर्ताहरूको भेलाबाट उद्यम विकास सहजकर्ता सन्जाल गठन भएकाे हाे । सन्जालले अाफ्नाे हक अधिकार रक्षाका लागि पनि अावाज उठाउने जनाएकाे छ ।

भेलाले समिति गठन गरेकाे समितिका पदाधिकारीहरुमा अध्यक्ष गौरब सापकोटा, उपाध्यक्ष सुमित्रा बुलुन , सचिव रामराजा बुलुन , कोषध्यक्ष धुमा मोक्तान , सह सचिव हिरादत पौडेल सहित  ८ जना सदस्य सहितको समिति गठन भएकाे अध्यक्ष सापकाेटाले बताए । भेलाबाट केन्द्रिय र प्रदेश सदस्यहरूमा सन्देस पौडेल ,अर्जुन पौडेल ,कृष्ण नेउपाने , बिन्दा पनेरू रहेका छन् ।

Comments

comments