उपप्रधान मन्त्री सहित सरकारकाे उच्च स्तरिय टोली रसुबागढी तर्फ

Rasuwagadhi

धुन्चे, रसुवा
रसुवागढी केरुङ नाकाको स्तरोन्नती गर्न व्यवस्थापिकको संसदको विकास समितिको एक टोलीले अध्ययन गरेपछि सरकारका उच्च पदस्त अधिकारी तथा मन्त्रीहरु समेतको एक टोली जिल्लाको सडक अवस्था बारे अध्ययन गर्न शुक्रबार बिहान रसुवागढी भ्रमण गर्न लागेको छ ।

चीन नेपाल भारत तीन देश जोड्ने छोटो नाकाका रुपमा चर्चा पाएको रसुवागढी नाकाबाट व्यापार व्यावसाय बढाउन सडक स्तरोन्नती गर्न आवश्यक छ । अहिले नेपाली सेनाले स्याफ्रुबेशीबाट मैलुङ्ग तर्फ सडक खन्ने कार्य जारी राखेको छ भने अहिलेको पासाङल्हामु सडक जीर्ण छ । मन्त्रीहरु तथा उच्च अधिकारीहरुले अवस्था बारे बुझ्नका लागी स्थलगत अनुगमनका लागी आफ्नो ब्यवस्थापनमा जनार्दन ढकालले बताउनुभयो ।

पासाङल्हामु मार्ग स्तरोन्नती गरी र मैलुङ्ग तर्फको सडक पनि २ लेनको विकास गर्नआवश्यक देखिएको छ । व्यवस्थापिक संसद विकास समितिका सभापतिको नेतृत्वमा एक टोलीले अध्ययन गरी फर्केपछि नेपाल सरकारका उपप्रधान तथा भौतिक योजना निर्माण यातायात मन्त्री बिजय गच्छदार, अर्थ मन्त्री बिष्णु पौडेल, अर्थ सचिव लोकदर्शन रेग्मी , राष्ट्रिय योजना आयोगका उपसचिव सडक बिभागका महानिर्देशक, राष्ट्रिय निकुञ्ज बिभागका महानिर्देशक जिल्लाका सांसद जनार्दन ढकाल लगागतका उच्च अधिकारीहरु सडक अवस्था बारे अध्ययन गर्न आउन लागेका हुन ।

रसुवाका सांसद जर्नादन ढकालले व्यवस्थापनमा एक टोली आज रसुवागढी पुगेर मैलुङ्ग –स्याफ्रुबेशी रसुवागढी तथा अहिलेको पासाङल्हामु सडकको अवस्था अध्ययन गर्न आउन लागेका हुन् । विनाशकारी भूकम्प पछि ध्वस्त भएको रसुवागढी क्षेत्र र निर्माणाधिन मैलुङ्ग स्याफ्रु सडक २ लेनको रुपमा विकास गर्न र अहिलेको पासाङल्हामु सडक स्तरोन्नती गर्न आवश्यक देखिएको र त्यसबारे सरकारको ध्यानाकर्शण गराई अध्ययन भ्रमणमा तय गरिएको सांसद ढकालले बताउँनुभयो ।

Comments

comments