उपभोक्ता अधिकार संरक्षण बारे छलफल

IMG_9563

रसुवा, असार २४ गते , “गुणस्तरिय वस्तु र सेवामा उपभोक्ता अधिकार हामी सवैको सरोकार विषयक ” स्थानीय तह स्तरीय भन्ने नाराका साथ उपभोक्ता हक अधिकार संरक्षण तथा प्रर्वद्धन कार्यक्रम असार २४ गते कालिकास्थानमा सम्पन्न भयो ।IMG_9449

जिल्ला समन्वय समितिका सदस्य चित्रकुमारी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता अधिकारकर्मी कन्जुमर आई नेपालका अध्यक्ष विमला खनालले उपभोक्ता अधिकार, स्थानीय तहको अधिकार तथा बजारका समस्या र समाधान, दण्ड सजाय सम्बन्धी कानूनी प्रावधान र अधिबक्ता रञ्जन खनालले वस्तु तथा सेवा प्रदायकको दायित्व विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय गाउँपालिका अध्यक्ष , उपाध्यक्ष लगायत वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।IMG_9442

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले अाम उपभाेक्ताहरु सचेत हुनुपर्ने बताउनुभयाे । घरेलु तथा साना उद्योग विकास समिति रसुवाका बरिष्ठ उद्योग अधिकृत खगेन्द्र नेपालले उपभोक्ताहरूलाई सचेत पार्ने उद्देश्यले आयोजना भएको कार्यक्रम जिल्लाको पाँचवटै गाउँपालिकामा सञ्चालन भएको जानकारी दिनुभयो । कार्यक्रममा कालिका गाउँपालिका भित्रका बिभिन्न गाउँबाट उल्लेख्य उद्यमीहरू सहभागी थिए । यस्तै प्रकारको कार्यक्रम भोली उत्तरगया गाउँपालिकाको बेत्रावतीमा हुने जनाईएको छ ।IMG_9557

Comments

comments