एकमहिनादेखि बेपत्ता उद्धारका लागि आग्रह

Chitraman

रसुवा, बैशाख १९ गते । उत्तरगया गाउँ पालिका ५ स्थित ट्रिनिट्री आवासिय विद्यालयका सञ्चालक २९ वर्षिय चित्रमान डंगोल ०७४ चैत १५ गतेदेखि हराएकोमा अझै बेपत्ता छन् । अपरचितले अपहरण गरी भारतको चेन्नालाईमा पु¥याएको जिवितै रहेकोले उद्धारका लागि उनका परिवारले आग्रह गरेका छन् ।

घटनाको बिरोधमा अनुशन्धान तथा खोज समयमै गरेर यथार्थ जानकारी दिन ढिलाई भएकोले एकदिन जिल्ला बन्द समेत गरेका थिए । टिमुरे जाने भनेर चैत १५ गते निस्केको चैत १८ गते जिल्ला प्रहरी कार्यालयमा पत्नी लक्ष्मी थोक्राले निवेदन दिई पत्रकार तथा मानवअधिकारकर्मीसँग समेत खोजीमा सहयोग गरिदिन आग्रह गर्नुभयो । भारतको चेन्नाईमा बन्दी अवस्थामा ०७५ बैशाख १५ गते गोप्य रुपमा फोन सम्पर्क भएको, अपहरणकारीको कब्जामा रहेकोले उद्धार गर्न सहयोगका लागि सुरक्षा निकाय तथा पत्रकार समक्ष अनुरोध गर्नुभयो ।

भारतको चेन्नाईमा रहेको बारे अनुशन्धान भईरहेको र प्रक्रियागत रुपमा ल्याउन प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

Comments

comments