एकसय १२ परिवारले बिस्थापितले लालपुर्जा पाए

27335281_10214071018745442_1879484985_o

रसुवा, चैत १ गते । भूकम्पको कारण आफ्नो थातथलोबाट विस्थापितभएका तथा जोखीमयुक्त क्षेत्रमा परेका घरधुरीको लागि पुनर्वास अभियानले जिल्लाका १ सय १२ परिवारले सुरक्षित आवास निर्माणका लागि जग्गा खरिद गरेर आवास निर्माण थालेका छन् ।

जिल्लामा हालसम्म जिल्ला भूमिअधिकार मञ्च, आत्मनिर्भर सेवा केन्द्रको सहजीकरणमा १ सय १२ परिवारले सरकारी अनुदान रकम लिईजग्गा खरिद गरी नयाँ घर बनाउने सुरुवात गरेका हुन् ।

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको कारण धेरै क्षेत्र जोखीमयुक्त क्षेत्रमा परिणत भएको छ । हालसम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भौगर्भिक अध्ययन प्रनिवेदन अनुसार रसुवाका ७ सय ६२ परिवारलाई सुरक्षित स्थानमा पुनर्वास तथा स्थानान्तरण गराउनुपर्ने अवस्था रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय इकाईका प्रमुख कृष्णकान्त उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो “प्राधिकरण आत्मनिर्भर केन्द्र र जिल्ला भूमिअधिकार मञ्चको संयुक्त प्रयासमा विस्थापितको पुर्नवासका लागि सहजिकरण गरी हालसम्म ८ सय ९० बढि परिवार पुनर्वास गर्नु पर्ने देखिएको छ । ”

जोखीमयुक्त क्षेत्रको लाभग्राही सूचीमा परेका घरधुरीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सुरक्षित स्थानामा नयाँ घर बनाउनको लागिजग्गा ९घडेरी० खरिद गर्नको लागि २ लाख रुपियाँ दिने व्यवस्था गरेको छ । नुवाकोट जिल्लाको ९छिमेकी गाउँपालिकामा० जग्गा खरिद गर्ने ३७ परिवारले छन् भने ७५ परिवारले रसुवा जिल्लाको विभिन्न सुरक्षित क्षेत्रमा जग्गा खरिद गरेका छन् । विस्थापित तथा जोखीमयुक्त क्षेत्रमा परेका मध्ये ३३ परिवारले नुवाकोट किस्पाङ गाउँपालिका क्षेत्रमा, ४ परिवारले विदूर नगरपालिका क्षेत्रमा, रसुवाको उत्तरगया गाउँपालिका ६३ परिवार, गोसाँइकुण्ड गाउँपालिका क्षेत्रमा ५ परिवार, नौकुण्ड गाउँपालिका क्षेत्रमा ५ परिवार र कालिका गाउँपालिका क्षेत्रमा २ परिवारले अनुदान लिएर जग्गा खरिद गरेका छन् ।

हालसम्म खरिद गरिएको जग्गा १ सय १२ परिवारमध्ये ९९ परिवारले भूमिअभियान अन्तर्गत संयुक्तलालपुर्जा निर्माण गरी खरिद गरिएको जग्गामा श्रीमान् र श्रीमतीले संयुक्त लालपुर्जा बनाएका छन् । हालसम्म १ सय १२ परिवारले ३१–६–०–० रोपनी क्षेत्रफलको जमिन रजिष्ट्रेसन पास गरी लिएको अभियानमा सहजिकरण गरिरहेका आत्मनिर्भर केन्द्रका भूमिअभियानकर्मी विस्वास नेपालीले बताउनुभयो । केही स्थानमा स्थानीय तहले सिफारिस गरी सुरक्षित जग्गा पहिचान गर्ने कार्य भईरहेकोले सवै बिस्थापितले सरकारी अनुदान २ लाख लिएर सुरक्षित घडेरी खरिद गरी ३ आवास निर्माण अनुदान लाख रुपियाँ लिएर घर बनाउने पनि उहाँले बताउनुभयो ।

तस्वीर : यस अघि लालपुर्जा लिने ठाडेका विस्थापितहरु

Comments

comments