चार एकीकृत बस्ती निर्माण गर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार

सरकारले ०७२ सालकाे विनाशकारी भूकम्प प्रभावित जोखिमयुक्त बस्तीमा परेकालाई जग्गा अधिग्रहण गरेर एकीकृत बस्ती निर्माण गर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ ।

एकीकृत बस्तीको डिपिआर तयार भइसकेकाले चाँड नै बस्ती निर्माण प्रकिृया थालनी हुने कार्यालयले जनाएको छ । नौकुण्ड गाउँपालिका वडा नं. १ लाङवु आमाछोदिङमो गाउँपालिका वडा न २ पाङलिङ उत्तरगया गाउँपालिका वडा नम्बर एक तिरु वडा नं. ५ बोगटीटारका दुई सय ५१ परिवारको पुनर्वास गर्न लागिएको पुननिर्माण प्राधिकरणल जनाएको छ ।

यस्तै उत्तरगया गाउँपालिकाको खाल्टे बगरमा अझै पनि एक सय ६९ परिवार टहरमै गुजारा चलाइ रहेका छन् । भूकम्प गएको पाँच वर्ष वित्यो अझै कति ठाउँमा बस्नु पर्ने हो । आफ्नो थातथले जोखिममा परेपछि सुरक्षित स्थानमा जग्गा पाउने आशामा रहेका छन् । भूकम्प पछि रसुवा सहित नुवाकोटका विभिन्न ठाउँहरूमा उत्तरगया गाउँपालिका वडा नं १  गोगनेका छेकु लामा सहित दुई सय परिवार ती ठाउँ हुँदै तीन ठाउमा बसाई सरेका छन् । तिन सय ४१ परिवारले अझैसम्म स्थायी आवास बनाउन जग्गा पाएका छैनन् ।

एक हजार एक सय २७ परिवारले अनुदान प्राप्त गरी आवास निर्माण गर्न जग्गा खरिद गरेका छन् । सुरक्षित आवासका लागि जग्गा प्राप्त गर्न नसक्नेहरुका लागी रसुवाकै तल्लो पैरेमा जग्गा अधिग्रहण गर्ने तयारी गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्लाका ६३ वटा बस्ती स्थानान्तरण गर्नु पर्ने बताएपनि रसुवामा ८१ वटा बस्ती जोखिम पूर्ण क्षेत्रका रुपमा पहिचान नगरेकोले भूकम्प प्रभावितले आफ्नो जग्गामा स्थायी घर बनाउन सकेका छैनन्।  दिगो समाधान कार्यक्रममार्फत पिन नामक संस्थाले डिपिअार तयार गरेकाे हाे । जाखिम युक्त बस्ती स्थानान्तरणका लागि  दिगो समाधान कार्यक्रममार्फत सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले गाउँ गाउँमा सहजिरकण गरिरहेकाे छ ।

भूकम्पमा परेर रसुवामा छ सय ८१ जनाले ज्यान गुमाए भने दुई सय ५० जना अझै बेपता छन् । विस्थापित भएकाहरु नुवाकोटको शान्ती बजार रसुवाको बोगटीटार, खाल्टे, धुन्चेको विस्तापित क्याम्पहरुमा रहेका छन् । एकीकृत बस्ती निर्माणका लागि डिपिआर तयार भएकाले चाँडै बस्ती निर्माण प्रकृया थालनी हुने छ । दिगो समाधान कार्यक्रममार्फत सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले विस्थापित भएका र बास्तविक लाभग्राही पहिचान र जग्गा अनुगमन गरी सहजीकरण गर्ने काम भइरहेको बताइएको छ । सरकारले अनुदान वापत पहिलो किस्ता ११ हजार ६४, दोस्रो किस्ता नौ हजार नौ सय ५१ लाभग्राहीले पाएका छन् । गैर सरकारी क्षेत्रबाट एक हजार ८५ लाभग्राहीले अनुदान प्राप्त गरी आवास निर्माण गरिसकेका छन् ।

तस्वीर : बस्ती स्थानान्तरण हुन बाँकी रहेकाे उत्तरगया ५ काे खाल्टे क्षेत्र , यहाँ विस्थापितहरू  अझै जाेखिमपूर्ण तवरले टिनका छाप्रामै बस्न बाध्य छन् । idp camp khalte

Comments

comments