एकीकृत कर्मचारी सङघमा खगेन्द्र नेपाल

Khagendra Nepal

घरेलु तथा साना उद्योग विकास समिति एकीकृत कर्मचारी सङ्घ केन्द्रीय कार्य समितिको अध्यक्षमा खगेन्द्र नेपाल चयन भएका छन ।

शुक्रबार समितिको सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले नेपालको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । लामो समयदेखि रसुवामा घरेलु तथा साना उद्योग विकास समिति
अघिकृतका रुपमा कार्यरत नेपाल अध्यक्ष भएका हुन् । विकास समिति उपाध्यक्षमा प्रचण्डकुमार न्यौपाने, महासचिवमा मिनराज खडका, कोषाध्यक्षमा कल्पना शर्मा, सचिवमा तारा पोखरेल र सहकोषाध्यक्षमा बलराम अधिकारी निर्वाचित भएका छन ।

त्यस्तै प्रदेश नं १ को संयोजकमा सुनिल आचार्य, प्रदेश नं ३ मा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशको संयोजकमा प्रदीप न्यौपाने, प्रदेश नं ५ मा बालकृष्ण आचार्य, कर्णाली प्रदेशको संयोजकमा शेरबहादुर शाही र सुदूरपश्चिम प्रदेश संयोजकमा मिनराज ओझा निर्वाचित भएका छन ।

Comments

comments