एकीकृत बस्ती प्रक्रियामा ढिलाई, बिस्थापित अन्यौलमा

idp camp khalte

रसुवा, बैशाख ३० गते । विनाशकारी भूकम्प पछि जोखिमयुक्त बस्तीमा परेका बिस्थापितहरुको एकीकृत बस्ती प्रक्रिया सुरु नहुँदा लामो समयदेखि लाभग्राही अन्यौलमा परेका छन् ।

जोखीमयुक्त बस्तीमा परेका कारण विस्थापित भएका तर आफ्नो नाममा कतै सुरक्षित घडेरी योग्य जग्गा नभएकालाई सरकारले स्थानान्तरणका लागि २ लाख रुपियाँ घडेरी खरिदका लागि दिने कार्यक्रमबाट विस्थापित तथा जोखीमयुक्त क्षेत्रका ५ सय ५६ परिवारले जग्गा खरिद गरेपनि धेरैले घर बनाउन पाएका छैनन् । एकीकृत बस्ती प्रक्रियामा ढिलाई भएकाले चारवर्षहुँदा पनि बिस्थापितहरू टहरोमै बस्न बाध्य छन् । प्रक्रियाले विद्यालय, बाटो, खानेपानीलगायत आवश्यक संरचना विकासका काम सरकारले गर्ने छ । जग्गा प्राप्ति भएपनि २ सय ९१ परिवारले घर बनाउन पाएका छैनन् ।

माथिल्लो निकायबाट नीतिगत निर्णय नै नभएकोले ढिलाई भएको राष्ट्रिय पुर्नर्निमाण प्राधिकरण जिल्ला अनुदान व्यवस्थापन स्थानीय पूर्वाधारका प्रमुख दिवस आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “भूकम्प प्रभावित संरचना पुनर्निर्माण सम्बन्धी ऐन तथा जोखिमयुक्त बस्ती स्थानान्तरण तथा पनस्थापना सम्बन्धी कार्यविधीमा एकीकृत बस्ती बारे स्पष्ट नभएकोले नीतिगत निर्णय हुनुपर्छ ”

लामो समयदेखि जोखिममा पर्दै आएका खाल्टे क्याम्पका बिस्थापितहरू हावाहुरीको त्रास र टन्नलापुर गर्मीमा त्रिशूली नदि किनारको जस्ताका छाप्रामा बाध्य छन् बिस्थापित क्याम्प खाल्टेका महिला स्वास्थ्य स्वयमसेविका बुटी तामाङले बताउनुभयो । भूकम्पका कारण जोखीमयुक्त क्षेत्रमा परि विस्थापित भएका तथा भूमिहीन परिवारका लागि दिगो समाधान कार्यक्रममार्फत आत्मनिर्भर केन्द्रले सहजिकरण गरिरहेको राष्ट्रिय पुर्नर्निमाण प्राधिकरण जिल्ला अनुदान व्यवस्थापन स्थानीय पूर्वाधारका सूचना अधिकारी मौलिधन राईले बताउनुभयो । जिल्ला आयोजनाका अनुसार अहिले बोगटीटार ५६, तिरु १ सय ३७ ,पाङलिङ ६०,लाङबु २१, गोल्जुङबेशी १७ घर एकीकृत बस्ती निर्माण प्रक्रियामा जान लागेका छन् । लामो समयदेखि प्रक्रिया बारे अन्यौल भएपछि समस्या परेको हो । निजी आवास खोलेबेशीमा २८ निर्माण भएपनि एकीकृत बस्तीको प्रक्रिया सुरु नभएर अन्य संरचनागत विकास हुन नसकेको स्थानीय दिलबहादुर तामाङले बताउनुभयो ।

हाकुको तिरुमा स्थलगत अनुगमन गरी एकीकृत बस्ती निर्माणको प्रक्रियामा ढिलाई भएको हो । १ महिना कार्यालय प्रमुख बिहीन भएको काममा ढिलाइ भएको सूचना अधिकारी राईले बताउनुभयो । तत्कालीन प्रमुख भरत थापाले अवकास लिए पछि १ महिना प्रमुख बिहीन भएको थियो अब प्रमुख आएपछि प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो ।“घडेरी त प्राप्त भयो तर घर कसरी बनाउने ? सरकारले एकीकृत बस्ती निर्माण गरिदिनु भने पनि सुरु भएन अलमल्लमा परेका छौं” बोगटीटारमा बस्दै आएका आपाङता भएका सुप्पा तामाङले भन्नुभयो । उहाँ मात्र होईन त्यहाँ २ वर्ष अघि ५६ परिवारले जग्गा खरिद गरेका छन् । भिरालो जग्गा समथर बनाउने खर्च पनि छैन । एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु गरे सडक , विद्युत, विद्यालय, आवास, पानीलगायतका संरचना विकास गरिदिने भनेपनि काम कहिले सुरु होला र हामी पनि निजी आवास थाल्नसक्छौं उहाँले भन्नुभयो ।

आयोजनाले जिल्लामा जिल्ला भूमिअधिकार मञ्चमार्फत आत्मनिर्भर केन्द्र र पिनको सहजिकरणमा बिस्थापित बस्ती स्थानान्तरण प्रक्रियाको काम भईरहेको छ । हालसम्म ५ सय ५६ परिवारले जोखीमयुक्त बस्तीमा परेका कारण विस्थापित भएका तर आफ्नो नाममा कतै सुरक्षित घडेरी योग्य जग्गा नभएकालाई सरकारले स्थानान्तरणका लागि २ लाख रुपियाँ सरकारी अनुदान लिएर घडेरी खरिद गरेका छन ।

तस्वीर : एकीकृत बस्ती प्रक्रिया सुरु नभएका कारण जस्ताको उत्तरगया गाउँपालिका वडा नं.५ खाल्टेको टहरामै बस्न बाध्य बिस्थापितKhalte camp idp (2)

तस्वीर हेमनाथ खतिवडा

Comments

comments