एक दिने पास दिन पहल हुने

IMG_5116 (Custom)

रसुवा । फागुन २८ गते । नेपाल चीन सिमानाको रसुवागढी नाकाबाट एकदिने प्रबेश पास उपलब्ध गराउन चीन पक्षले पहल गर्ने भएको छ ।

रसुवा जिल्ला बाहेक बाहिरका व्यवसायीहरुले एकदिने पास सहजै नपाएको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका थिए । चीनको जिलोङ काउन्टीका स्थानीय सुरक्षा अधिकारी कर्णेल गाओ हुइहाइलगायत भन्सार, क्वारेन्टाईन तथा अध्यागमनका अधिकारी र रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने सहितको टोली बीच चीनको जिलोङ काउन्टीमा भएको सीमा सुरक्षा बैठकमा निम्न बमोजिम छलफलमा रसुवावासीलगायत अन्य जिल्लाका वासिन्दालाई समेत केरुङसम्म जान एकदिने पासको व्यवस्था लागू गर्न अनुरोध गरिएकोमा चीनीयाँ पक्षबाट दुवै पक्षले केन्द्रीयस्तरमा पहल गरी केन्द्रीय स्तरबाट सहमती भएमा लागू गर्न सकिने सहमति भएको छ ।

दुवै देशका स्थानीय अधिकारी बीच १ वर्ष अघि सम्झौता भई स्थापना भएको ज्वाइण्ट अपरेसन सेण्टरले एक आपसका सुरक्षा निकायबीच समन्वय गरी कार्य गर्दै आएको र एक आपसमा विभिन्न संचना, तालिम र साँस्कृतिक क्रियाकलापहरु आदान प्रदान गरी यस सेन्टरलाइ उपयोग गर्ने सहमती भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो ।

बैठकले सीमा नाकाको सुरक्षा व्यवस्था तथा आवत जावतलाई सुदृढ तथा व्यवस्थित गर्न आवश्यक उपकरण तथा सामाग्रीहरु सहयोग गर्न चीनीया पक्ष इच्छुक रहेको हुँदा आवश्यक सामाग्रीका सम्बन्धमा थप छलफल गरी प्रस्ताव पठाउन चीनीया पक्षबाट प्रतिबद्धता भएको, सीमा नाकाबाट हुन सक्ने गैर कानूनी क्रियाकलाप नियन्त्रयण गर्न नेपाली तथा चीनीयाँ सुरक्षा गस्तीले निगरानी बढाउने, कडाईका साथ चेकजाँच गर्ने र सो सम्वन्धी सुचना एक आपसमा आदान प्रदान गरी समन्वायात्मक तवरले नाकामा परिचालन गर्ने समेत सहमती भएको छ । दुवै देशले एक अर्को राष्ट्र विरुद्ध आ–आफ्नो भुभागमा कुनै पनि गतिविधी हुन नदिने प्रतिबद्धता जनाउँदै त्यस्ता गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाउँदै समयमै सुचना आदान प्रदान गर्ने, देशका स्थानीय प्रशासन, भन्सार अध्यागमन तथा सुरक्षा निकायबीच समय समयमा बैठकबसी दुवै पक्षले समन्वय गर्ने बताईएको छ ।

उता रसुवाका चालकले मात्र केरुङ प्रबेश गर्न पाउने हुनाले समस्या आएको हुनाले तत्कालै पास दिनुपर्ने अन्य जिल्लाका व्यापारीहरुको माग छ ।

Comments

comments