एक बिरामी आइसोलेसनबाट घर फर्के

Corona virus

रसुवा , दुइ मिहना अघि भारतबाट फर्किएका एक जना पुरुषलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएकोमा साेमबार  जिल्ला अस्पतालमा उनलाई औषधि दिएर घर पठाइएकाे छ ।

गत शुक्रबारदेखि सदरमुकाम धुन्चे स्थित महिला तथा बालबालिका कार्यालयमा निर्माण गरिएको आइसोलेसन कक्षमा राखिएको उनकाे स्वाब परीक्षण पछि नेगेटिभ रिपाेर्ट अाज घर पठाइएकाे हाे ।

शुक्रबार पहिलो पटक १ जना आइसोलेसनमा बिरामी राखिएको थियाे । उनकाे मलेरिया, डेंगी, टाइफाइडलगायतका परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको छ। स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको तर नेगेटिभ रिपाेर्ट पाएपछि काेराेना नभएकाे भन्दै घर फर्केका छन् ।

Comments

comments