नेकपा (एमाले) काे अहिले देशब्यापी अधिबेशन भइरहेकाे छ । रसुवा जिल्लामा पनि अधिबेशनकाे चटाराे छ । कार्तिक ६ गते २७ वटै वडाकाे अधिबेशन सम्पन्न भएकाे छ ।
पाँच वटा स्थानीय तहका २७ वटै वडाहरूमा प्रथम वडा अधिबेशनबाट एकै दिन सर्वसम्मत रूपम नयाँ नेतृत्व चयर गरी अधिबेशन स्वच्छ तवरले सम्पन्न भएकाे नेकपा (एमाले ) जिल्ला अध्यक्ष कर्न्याल लामाले बताउनुभयाे । जनजातिकाे बाहुल्यता रहेकाे रसुवाकाे ४ वडा बाहेक २३ वडामा जनजाति समूदायका नेतृत्वमा चयन भएका छन् ।
नेकपा (एमाले ) नेता तथा संबिधान सभा सदस्य जनार्दन ढकालका अनुसार जिल्लाकाे ५ गाउँपालिकामा वडा अध्यक्षमा निम्न अनुसार नेतृत्व चयन भएकाे छ । देशैभरी कार्तिक ९ गते नगरपालिका गाउँपालिकाकाे अधिबेशन तयारी भइरहेकाे छ । रसुवामा वडा अधिबेशन पछि पाँचवटै गाउँपालिकाकाे अधिबेशनकाे भव्य तयारी भइरहेकाे पार्टी नेता तथा संबिधानसभा सदस्य छाेवाङतेन्जिङ तामाङले बताउनुभयाे ।