एमाले कार्यकर्ता भेला सम्पन्न

Rasuwa uml

०७३ मंसिर ३० गते । नेकपा एमाले रसुवाको आयोजनामा जिल्ला स्तरिय कार्यकर्ता भेला ३० गते धुन्चेमा सम्पन्न भयो ।
राष्ट्रिय एकता, समृद्धि, स्वाभिमान संबिधान कार्यान्वयन एमालेको अभियान भन्ने नाराका साथ ४ महिने संबिधान कार्यान्वयनका लागि जन परिचालन अभियान तथा जिल्ला स्तरिय कार्याकर्ता भेलामा प्रमुख अतिथि अष्टलक्ष्मी शाक्यले मुलुकको समसामयिक परिस्थिती र अहिलेको अभियानको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा एमाले नेताहरु सानुकुमार श्रेष्ठ, अरुण नेपाल, कासीनाथ अधिकारीलगायतले कार्यक्रर्ताहरुमाझ प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा मुलुकको अग्रगामी परिवर्तनका र समृद्धिका लागि पार्टीले संबिधान कार्यान्वयमा राखेको जोड दिएको जनाईएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष कन्र्याल लामाले जिल्लाको पार्टी गतिबिधी बारे एक प्रतिवेदन पेस गर्नु भएको थियो । कार्यक्रममा पुर्व पाटी सचिव कुलप्रसाद भट्ट, सांसद द्धय जर्नादन ढकाल, र छोवाङ तमाङले पनि आफ्ना बिचार राख्नु भएको थियो । कार्यक्रममा जिल्लाका १८ वटै गाविसबाट पार्टी निर्देशन अनुरुप उल्लेख्य कार्यकर्ताको सहभागिता रहेको प्रचार बिभाग प्रमुख पेम्बा लामाले बताउनुभयो । त्यसैगरी पार्टी जिल्ला कमिटी बैठक साँझ बस्दै गरेको पार्टी सचिव बिजय लामाले बताउनुभयो ।

Comments

comments