एमाले १०औं राष्ट्रिय महाधिवेशनका लागि रसुवाबाट सात जना प्रतिनिधी छानिए

cpn-uml-and-maoist-flag

नेकपा एमालेले आसन्न १०औं राष्ट्रिय महाधिवेशनका  लागि रसुवा जिल्लाबाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधी छनोट गरेको छ । आगामी मंसिर १० देखि १२ गते चितवनमा हुन लागेको महाअधिवेशनका लागि सात जना प्रतिनिधी सर्वसम्मत रुपमा चयन भएको नेकपा रसुवाले जनाएको छ ।cpn-uml-and-maoist-flag

कुल १ हजार ९९९ प्रतिनिधि सहभागी सहभागी हुने सो महाअधिवेशनका लागि रसुवाबाट पाँच पुरुष,एक महिला र अर्काे दलित कोटाबाट महिला प्रतिनिधि चयन गरेको हो । महाधिवेशनका लागि १६ जना आकांक्षी देखिएका भए पनि आपसी सहमतिमा एमालेले सात जना प्रतिनिधि टुंग्याएको हो ।
एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवाबाट पार्टी अध्यक्ष कर्णेल लामा, संविधान सभा सदस्य छेवाङ तेन्जिङ तामाङ,युवा नेता तथा संविधान सभा सदस्य जर्नादन ढकाल, कुलप्रसाद भट्ट, अशोक घिमिरे, शुभद्रा देवकोटा र चमेली बिक सुनुवार (शिला) महाअधिवेशन प्रतिनिधिका रुपमा चयन गरेको हाे ।Uml rasuwa

नेकपा एमालेको विधान महाधिवेशनले निर्देशित गरेको कुल संगठित सदस्य संख्या तथा समावेशीताको आधारमा महाधिवेशन प्रतिनिधी छनौट गर्न पाउने प्रावधान अनुरुप खुल्लातर्फबाट जनार्दन ढकाल, कर्णेल लामा, छोवाङ तेञ्जिङ तामाङ, अशोक घिमिरे र कुलप्रसाद भट्ट महाधिवेशन प्रतिनिधिका रुपमा चुनिएका हुन्। यस्तै ,महिलातर्फ सुभद्रा देवकोटा र दलितबाट चमेली सुनार छनौट भएको नेकपा एमाले रसुवाका अध्यक्ष कर्न्यनल लामाले बताउनुभयाे ।

Comments

comments