एसइइ परीक्षामा ६ सय ७५ विद्यार्थी सहभागी हुँदै

रसुवा , ०७६ साल चैत्र ६ गतेबाट सुरूहुने यसवर्षकाे एसइइ परीक्षामा सुरु हुँदैछ । परीक्षामा रसुवा जिल्लाबाट ६ सय ७५ विद्यार्थी सहभागी हुँदैछन् ।

शिक्षा विकास तथा समन्वय इकाई रसुवाका प्रमुख शितलबहादुर पाण्डेका अनुसार जिल्लाभर पाँच परीक्षा केन्द्रमा नियमित, आंशिक र प्राविधिक गरी ६ सय ७५ विद्यार्थी सहभागी हुनेछन् ।

जिल्लामा निलकण्ठ मावि बोगटीटार, कालिका हिमालयन मावि कालिकास्थान, निलकण्ठ नमुना मावि जिवजिवे, रसुवा मावि धुन्चे र कोमिन स्यामेवाङफेल मावि स्याफ्रुवेशी परिक्षा केन्द्र रहने छ । यस्तै ग्रेड वृद्धि परीक्षामा सहभागी परिक्षार्थीहरूको रसुवा मावि धुन्चे र निलकण्ठ मावि बोगटीटारमा पढाइ भइरहेको छ । प्राविधिकको कालिका हिमालयन क्याम्पसमा परिक्षा हुने इकाई प्रमुख पाण्डेले बताए ।

Comments

comments