ओझेलमा परेको पार्वतीकुण्ड

parbatikunda

रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नं. ३ गत्लाङमा पर्ने पार्वतीकुण्ड उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
स्थानीय तामाङ भाषामा आमाको अर्थ पार्वती र छोदिङमोको अर्थ जमेको ताल हो । यहि आमाछोदिङमोको नेपाली नामाकरण पार्वतीकुण्ड हो यसै नामबाट गाउँपालिकाको नामाबरण भयाे । यहाँ जनैपूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्छ ।पाैराणीक ग्रन्थहरूमा गोसाँईकुण्ड पछि दोस्रो कुण्डको रुपमा समते लिइन्छ जसरी पौराणिक कथन अनुसार भगवान शिवले कालकुट विष सेवन गरेर पानीको खोजीमा गोसाईकुण्डमा आएको भन्ने धार्मिक मान्यता भए अनुरुप पार्वती महिनावारी भएको बेला महादेवलाई हेर्न नुहुने भएका कारण पार्वती यहाँ आएर बसेको र यहाँबाट गोसाँईकुण्ड नदेखिने भएकाले पार्वतीकुण्डमा विराजमान रहेको पुरानो बुढापाखाहरुले बताएका छन् ।यहाँ उत्तरी भेगका मानिसहरु जान्छन नै लामा झाँक्री सहित स्थानीय तामाङ गीत ,तामाङ सेलाे गाउँदै पार्वतीकुण्डमा जाने गर्दछन । यस कुण्डमा सन्तान नहुनेहरु पनि पुग्ने गर्छन । यस कुण्डमा बौद्ध तथा हिन्दुहरु बढी जाने गर्छन ।
यस जिल्लामा एक सय आठ कुण्डहरु रहेका छन । जसरी गोसाँईकुण्ड जिन्दगीमा एक पटक गोसाँईकुण्ड पुग्नै पर्छ भनिएको छ तर नजिकै रहेको पार्वतीकुण्डमा पनि मेला लाग्छ त्यहाँ पनि पुग्नै पर्छ भन्ने मान्यता रहेकाे स्थानीय  युवा फुर्पुसिङी तामाङ बताउँछन् । parbatikundaयस पार्वतीकुण्डमा पनि जनैपुर्णिमा मेला लाग्नेमा स्थानीय तामाङ पहिचान झल्किने तथा कला संस्कृति जगेर्ना गर्नेखालको कार्यक्रम गरी उचित प्रचारप्रसारका लागि स्थानीय झाँक्रीलगायतका स्थानीयहरु मिलेर पार्वतीकुण्डदेखि नोच्येकुण्ड सोमदाङ, पाङसाङहुुँदै गणेश हिमाल सिंङलामाहुँदै जनैपूर्णिमाका दिन कुण्डमा आएर स्थानीय तामाङ भेषभूषा परम्परा झल्किने खालका संस्कृती प्रस्तुत गरिनेछ । गोसाँईकुण्ड पुगेपछि एक पटक पार्वतीकुण्डको समेत दर्शन गर्न जरुरी देखिन्छ ।

Comments

comments